animated ellipse animated ellipse

मापसे चेक गर्दा १९ केजी गाँजा बरामद

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ श्रावण २०८१, शुक्रबार ०७:४४
234
Shares
विराटनगर /मादक पदार्थ सेवन (मापसे( चेकजाँच गर्न गएको ट्राफिक प्रहरीले विराटनगरबाट १९ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट खटिएको ट्राफिक प्रहरीले हिजो राती विराटनगरको शनिमन्दिर चोकबाट गाँजासहित धनकुटा सहिद गाउँपालिका ७ का ३७ वर्षीय जिवन राईलाई पक्राउ गरेको हो ।

पक्राउ परेका राईले धनकुटाबाट मोटसाइकलमा गाँजा ल्याएको खुलेको छ । मोरङ ट्राफिक प्रहरीबाट साँझ परेपछि दैनिक मापसे चेकजाँच हुने गरेको छ । शनिमन्दिर अगाडी हिजो साँझमा मापसे चेकजाँच गर्न ट्राफिक प्रहरी तैनाथ भएका बसेका थिए । ‘त्यही बिचमा पल्सर मोटसाइकल तिब्र गतिमा आएको आएको थियो । ट्राफिक प्रहरी देखेपछि गाँजा बोकेको मोटरसाइकल चालक डराएपछि पार्किङमा राखिएको मोटसाइकलमा ठक्कर दियो । त्यसपछि पनि चालक राई फरार हुन खोजे । डियूटिमा खटिएका ट्राफिकले लखेटेर शनिमन्दिर चोकदेखि अगाडीबाट मोटरसाइकल चालकलाई नियन्त्रणमा लियो । चेकजाँच गर्ने क्रममा उनले बोकेको ब्यागबाट गाँजा बरामद भएको हो,’ डियुटिमा खटिएका एक जना प्रहरीले भने । गाँजासहित पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय मोरङमा लगेर अनुसन्धान सुरु गरिएको छ ।

राईले धनकुटाबाट प्रतिकेजी ६ हजार रुपैयाँमा गाँजा खरिद गरेर ल्याएको प्रहरीलाई बताएका छन् । विराटनगर ल्याएपछि प्रतिकिलोमा ३ हजार रुपैयाँ फाइदा लिएर ९ हजार रुपैयाँमा बिक्री गर्ने गरेको उनले बयानको क्रममा बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर