प्राज्ञ पोखरेलसहित आधा दर्जन व्यक्ति सम्मानित

खबर पूर्वाञ्चल, १ फाल्गुन २०७७, शनिबार १७:३१

विराटनगर / उज्यालो मन नेपालले नेपाली भाषा साहित्यका क्षेत्रमा विगत चार दशकभन्दा लामो समयदेखि सक्रिय अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेलसहित आधा दर्जन व्यक्तिहरूलाई सम्मान गरेको छ ।

विराटनगरमा आज विशेष समारोहको आयोजना गरेर उज्यालो मनले साहित्यको कविता, कथा, निबन्ध, मुक्तकलगायतका विधामा योगदान पु¥याएबापत पोखरेलसहित आधा दर्जन व्यक्तिहरूलाई सम्मान गरेको हो ।

कार्यक्रममा साहित्यकार गायत्रीकुमार चापागाईं काठमाडौं, हरिप्रसाद रिमाल झापा, बद्री भिखारी सुनसरी, बिन्दु मूकदर्शक झापा र टीका आत्रेय सुनसरीलाई पनि सम्मान गरिएको थियो । उनीहरू सबैलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार दधिराज सुवेदी आयोजक संस्थाकी अध्यक्ष टीका सुदिस निरौलाले माला लगाएर सम्मानपत्र समर्पण गरे ।

कार्यक्रममा दिङ्लाली कान्छो, पत्रकार मीनकुमार नवोदित, शुभलक्ष्मी लम्साल, सविता गौतम दाहाल, भरत गुरागाईं, किशोर कोइराला, चूडामणि नेपाल अकिञ्चन, प्रयाग न्यौपाने, हरि कट्टेललगायत दुई दर्जनभन्दा बढी स्रष्टाहरूले आ–आफ्ना सिर्जना प्रस्तुत गरे ।

उज्यालो मन नेपालले साहित्यका विभिन्न विधामा योगदान पु¥याउने स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५