RUMPUM
animated ellipse animated ellipse

एआईबी साउथ एशिया कन्फ्रेन्स २०२४ का बारेमा अन्तर्कृया

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ आश्विन २०८०, शुक्रबार १७:१४
171
Shares
विराटनगर /काठमाण्डौ विश्वविद्यालयले एमविइ कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टको नयाँ र परिस्कृत कार्यक्रमका रुपमा उक्त कार्यक्रम सुरु गरिएको हो ।

विराटनगरमा एक कार्यक्रमको आयोजना गरि एमविइ कार्यक्रम सञ्चालन गरेको जानकारी इिएको हो । कार्यक्रममा वर्तमान विश्व परिवेशलाई सुहाउदो कार्यक्रम सुरु गरिएको काठमाण्डौ विश्वविद्यालयले जनाएको छ । त्यस्तै विश्वविद्यालय अन्तर्गत कुसोमले आयोजना गर्ने ‘एआईबी साउथ एशिया कन्फ्रेन्स २०२४ का बारेमा विराटनगरको एस्पायर कलेजमा आयोजित अन्तर्कृया कार्यक्रममा जानकारी दिइएको हो ।
व्यापार , अर्थशास्त्र , प्रविधी , तथ्य विश्लेषण लगायतका अहिलेको विश्वलाई आवश्यक पर्ने विषय वस्तुलाई समेटेर कार्यक्रम तयार गरिएकाले हाल विभिन्न क्षेत्रमा कार्य गरिरहेका व्यवसायिकहरुका लागि यो कार्यक्रम लाभदायक हुने विश्वविद्यालयका सहायक प्रोफेसर डा.राजेश शर्माले जानकारी दिए ।

नेपालको अग्रणी विश्व विद्यालयका रुपमा रहेको उक्त विश्वविद्यालयको काठमाण्डौ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम )विश्वभरका १७ अन्य विश्वविद्यालयहरूसँगै प्रतिस्पर्धात्मक प्रक्रियामा डब्ल्यूटीओ चेयर्स कार्यक्रमबाट सम्मानित भएको डब्लुटीओ चेयर प्रोग्रामका सदस्य तथा काठमाण्डौ विश्वविद्यालयका सहायक प्रोफेसर विनायक मल्लले जानकारी दिए । यो अन्वेषकहरू र विद्यार्थीलाई र डब्लुटीओ बहुपक्षीय व्यापार मामिलामा रुचि लिनको लागि प्रोत्साहन रहेको कुसोमले जनाएको छ । यस्तै कुसोमले ‘एआईबी साउथ एशिया कन्फ्रेन्स २०२४’ आयोजना गर्ने भएको छ । दक्षिण एशियाली राष्ट्रहरु बंगालदेश, भुटान, भारत, माल्दिस, नेपाल र श्रीलंकाको सहभागीता रहने यस कार्यक्रम आगामी वर्ष हुनेछ ।

कुसोमले यस कार्यक्रमको लागि सहभागीताको लागि एआईबीको साउथ एशियाको वेबसाइटमा रजिष्टर गर्नुपर्ने जनाएको छ । कार्यक्रममा एआईबीका सदस्यले मात्रै भाग लिन पाउनेछन् ।

अगस्ट १९९३ मा स्थापित कुसोम स्नातक कार्यक्रम सुरु गर्ने पहिलो विद्यालय समेत हो । कुसोमले सर्वप्रथम अन्तर्राष्ट्रिय स्तरमा डिजाइन सिद्धान्तमा आधारित मास्टर अफ विजनेस एडमिनिस्ट्रेशन (एमबीए) कार्यक्रम प्रारम्भ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर