AArya
RUMPUM
animated ellipse animated ellipse

छात्रवृद्धिका लागि अरनिको कलेजले लियो परिक्षा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ पुष २०७७, शुक्रबार १५:०२
792
Shares
विराटनगर / विराटनगर–१० मा रहेको अरनिको कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई छात्रवृद्धिका लागि परिक्षा लिएको छ ।

कलेजले एसईई र प्रवेश परिक्षाको अंकको आधारमा उत्कृष्ट जेहेनदार विद्यार्थी छ्ट्याउँने आधार नभएको कारणले छात्रवृद्धिका लागि परिक्षा लिएको कलेजका प्राचार्य राजेश कार्कीले बताए । विद्यार्थीले परिक्षामा ल्याएको अंकको आधारमा कलेजले लिने छात्रवृद्धि पाउँने प्राचार्य कार्कीले जानकारी गराए ।

कलेले आज शुक्रबार लिएको परिक्षामा ६० प्रतिशत भन्दा माथि ल्याउँने विद्यार्थीले १० हजारदेखि ६० हजार नगद छुट पाउँने कलेजले जनाएको छ ।

महानगरको छात्रवृद्धि पनि यहि परिक्षाको आधारमा दिइने प्राचार्य कार्कीले बताए । छात्रवृद्धिको लागि परिक्षा लिएको लिएको नेपाल भरिनै पहिलो कलेज अरनिको रहेको प्राचार्य कार्कीको दावि रहेको छ ।

छात्रवृद्धिकाका लागि कलेजमा भर्ना भएका कक्षा ११ का ७ सय ९८ मध्ये ७ सय २१ विद्यार्थी सहभागि रहेको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर