AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कान्तिपुर स्कुलको११ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको दोस्रो दिन पनि विविध कार्यक्रम गरि मनायो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ फाल्गुन २०८२, शुक्रबार १८:२२
396
Shares
विराटनगर / विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो ११ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको आज दोस्रो दिन पनि विविध कार्यक्रमका साथ मनाएको छ ।

स्कुल परिसरमा हिजोदेखि सुरु भएको तीनदिने उत्सवको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गरे भने आज दोस्रो दिनको प्रमुख अतिथि जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख शालीग्राम दाहाल रहेका थिए ।

प्रमुख अतिििथ दाहालले छोटो समयमा स्कुलले धेरै कुरामा फट्को मारेका बताए ा दाहालले विद्यालयहरूले विद्यार्थीलाई प्रविधिसँगै सीप र संस्कारयुक्त शिक्षा दिनु पर्ने बताए ।

कान्तिपुरका प्रिन्सिपल भुवन नेपालले विद्यालयले विज्ञान र प्रविधि शिक्षासँगै संस्कारलाई प्राथमिकता दिएकै अहिले कोशी प्रदेशको उत्कृष्ट स्कुल रहेको बताए । प्रिन्सिपल नेपालका अनुसार तीनदिने उत्सवको पहिलो दिन हिजो नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

कार्यक्रमको दोस्रो दिन आज कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूको प्रस्तुति दिएका थिए । भालै अन्तिम दिन कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई बिदाइ गर्दै वार्षिकोत्सवको समापन गरिने स्कुलले जनाएको छ ।

कार्यक्रममा प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी र विराटनगर महानगरपालिका–१० का वडाध्यक्ष अर्जुन गिरीले शुभकामना मन्तव्य राख्दै कान्तिपुर स्कुलले शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरे ।

सो अवसरमा विद्यार्थीहरूले आकर्षक नृत्य तथा गायन प्रस्तुत गरी अभिभावक तथा सहभागीहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । तीन दिनसम्म चल्ने यस उत्सवमा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि विभिन्न विधाका कार्यक्रमहरू समावेश गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर