खबर पूर्वाञ्चल
अपहरण गरेर विराटनगर ४ इक्राही स्थित मकैबारीमा १७ बर्षिया किशोरीलाई बलात्कार गरेको विराटनगर ५ का २४ बर्षिय विरेन गडेरी पाललाई प्रहरीले पक्राउ गरेको हो ।
पालले सोही ठाउँकी किशोरीलाई मुख थुनेर कराउन, चिच्याउन समेत नदिई ज्यान मार्ने धाकधम्की दिएर मकैबारी भित्र लगेर बलात्कार गरेर फरार भएका पाललाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
आरोपी पाललाई प्रहरीले जिल्ला अदालत मोरङमा जर्बदस्ती करणी आरोमा मुद्दा दर्ता गराएको छ ।