AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ओली र लेखकलाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ चैत्र २०८२, आईतवार १८:३३
72
Shares
काठमाण्डौ/काठमाण्डौ जिल्ला अदालतले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

हिजो विहान पक्राउ परेका ओली र लेखकलाई आज जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराइएको थियो। ओलीको स्वास्थ्यका कारण उनलाई भर्चुअल उपस्थित गराइएको थियो।

काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आज प्रहरीलाई अनुसन्धानका लागि अनुमति दिएको हो । सरकारी वकिल कार्यालयले उनीहरूलाई १० दिन हिरासतमा राख्न माग गरे पनि अदालतले प्रारम्भिक रूपमा ५ दिनको मात्रै अनुमति दिएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई फौजदारी मुद्दामा कारबाही गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा प्रहरीले हिजो दुवै जनालाई पक्राउ गरेको थियो ।

अब प्राप्त म्यादभित्र प्रहरीले घटनासम्बन्धी थप प्रमाण संकलन, बयान र अनुसन्धान प्रक्रिया अघि बढाउनेछ । ओली र लेखक पक्राउ परेपछि नेपाली राजनीतिमा नयाँ तरंग सिर्जना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर