पूर्वाञ्चल खबर


एलाईट कप प्रतियोगिताले प्रधानमन्त्री कपको तयारीका लागि राम्रो हुने आयोजकको भनाई छ । आगामी दिनमा क्यानको बार्षिक क्यालेण्डरमा एलाईट कप प्रतियोगितालाई पनि समेट्नका लागि पहल गरिने अध्यक्ष पाण्डेले बताए । उनले भने,‘ कोशी प्रदेशको खस्किएको शाखलाई फर्काउनका लागि प्रयास भईरहेको छ । ’
पत्रकार सम्मेलनमा सुनसरी क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेल (सिपि)ले नयाँ अवधारणा सहित एलाईट कपको आयोजना हुनु गौरवको विषय भएको बताए । उनले प्रतियोगितालाई दीर्घकालिन सम्म लैजानु पर्नेमा जोड दिए । मोरङ अध्यक्ष महमद सादबाबुले एलाईट कपका लागि मोरङको तयारी राम्रो रहेको बताए । प्रतियोगिता निरन्तर रुपमा सञ्चालन हुन सके खेलाडीका लागि राम्रो हुने उनले बताए ।
यसैवीच क्रिकेट खेलको प्रवद्र्धनका लागि कोशी प्रादेशिक क्रिेकट संघ र नेपाल क्रिकेट फाउण्डेशनवीच सम्झौता भएको छ । सम्झौताले भुइँतहको क्रिकेट विकासमा सहयोग पुग्ने फाउण्डेशनका निर्देशक अभिषेक श्रेष्ठले जानकारी दिए ।
माघ १४ गते मोरङ र सुनसरी, १५ गते झापा र मोरङ, १६ गते सुनसरी र झापाबीच खेल हुनेछ । टप गर्ने दुई टिमविच माघ १७ गते फाइनल खेल हुने आयोजकले जनाएको छ ।