उद्यमशीलताको विकास गर्ने उद्देश्यले उद्योग संगठनको स्टार्टअप एण्ड इनोभेसन कार्यक्रम

खबर पूर्वाञ्चल, ३१ असार २०७८, बिहीबार १६:२६
कार्यक्रमको बारैमा बताउँदै उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरे । तस्वीर : पुष्पराज थपलिया

विराटनगर/ उद्योग संगठन मोरङले नविन व्यवसायिक सोच बिचार तथा अवधारणा भएका यूवाहरुलाई उद्यमशीलताको विकास गर्ने उद्देश्यले स्टार्टअप एण्ड इनोभेसन कार्यक्रम सुरु गरेको छ । कार्यक्रमअन्तर्गत बढीमा दुई वर्षयता व्यवसाय गरिरहेका २० जनालाई उद्यमीमा रूपान्तरण गरिनेछ ।

खुल्ला रूपमा आवेदन माग गरेर नवीन व्यवसायिक सोच भएका युवाहरूलाई १८ महिना अवधी रहने कार्यक्रममा प्रदेश १ भित्रका नविन व्यवसायीक अवधारणा भएका तथा स्तरोन्नतीको सम्भावना भएका बढिमा २ बर्ष अघिदेखि सञ्चालनमा रहेका शुरुवाती अवस्थाका नविन उद्यमहरु सहभागि हुन सक्ने उद्योग संगठन मोरङअन्तर्गत स्टार्टअप तथा इनोभेसन समितिका संयोजक सुरेन्द्र गाल्छाले बताए ।

उनले कार्यक्रमले नविन व्यवसायीक अवधारणा, स्तरोन्नती तथा अनुशरण गर्ने सम्भावना भएका, चालु उद्योग व्यवसायको अग्र वा पृष्ठ सम्बन्ध कायम हुने वा हुन सक्ने सम्भावना भएका, स्थानीय कच्चा पदार्थमा अधारित र कृषि तथा कृषिजन्य व्यवसायको श्रृङ्खला भित्र पर्ने उद्यम व्यवसायलाई बिशेष ग्राह्यता दिईने गरि प्राथमिकता निर्धारण जानकारी गराए ।

स्टार्टअप एण्ड इनोभेसन कार्यक्रममा सहभागिताका लागि साउन ३२ गतेसम्मका लागि आवेदन माग गरेको छ । यसका लागि नवीन व्यवसायिक अवधारणा, स्तरोन्नति तथा अनुशरण भएका कृषि तथा कृषिजन्य व्यवसायको शृङ्खलाभित्र पर्ने स्थानीय कच्चा पदार्थमा आधारित चालु उद्योग व्यवसायको अग्र वा पृष्ठ सम्बन्ध कायम हुनुपर्नेछ ।

व्यवसायीहरूलाई उद्यमशीलताका लागि प्राविधिक तथा व्यवसायिक विकास र वित्तीय सहयोगका लागि उद्योग संगठनले सहजीकरण गर्नेछ । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेले कार्यक्रमका लागि प्रदेशस्तरबाटै आवेदन माग गरिएको बताए ।

अध्यक्ष प्याकुरेलले युवाहरुको नविनतम सोच र अवधारणालाई व्यवसायमा परिणत गर्दै व्यवसायीक क्षेत्रको ईको सिस्टम विकास गर्ने अभिप्रायका साथ संगठनले महत्वकांक्षी योजनाका रुपमा स्टार्टअप एण्ड ईनोभेशन कार्यक्रमलाई प्रारम्भ गरेको वताए । उनले संचालनमा रहेका उद्योग/व्यवसाय प्रवद्र्धनका साथै नयाँ उद्यमीको विकास गर्नुपर्ने सामाजिक उत्तरदायित्व समेत संगठनको रहेको वताउँदै यस कार्यक्रमलाई सफल वनाउन सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

छनौटमा परेकाहरूका लागि नबिल बैंकको दीगो बैंकिङ कार्यक्रममार्फत एक करोडसम्म लगानी गर्न सक्नेछन् ।

छनोटमा परेकाहरूलाई योजना तर्जुमा, वित्तीय व्यवस्था, व्यवसाय दर्ता, कानूनी परामर्श, प्रशासनिक परामर्श, बजार व्यवस्थापन तथा ब्राण्डिङलगायत विषयमा परामर्श पनि दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५