AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सुन्दरहरैचामा एमाले मोरङ बैठक कार्यविभाजन र नयाँ जिम्मेवारी बाँडफाँड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ श्रावण २०८२, बिहीबार १९:०८
270
Shares
विराटनगर / नेकपा एमाले मोरङले कार्यविभाजन गरेको छ। मोरङको सुन्दरहरैचामा आज सम्पन्न दोस्रो पूर्ण बैठकले कार्यविभाजन गर्ने निर्णय गरेको हो।

पूर्ण बैठकले अध्यक्ष अजम्बर राईलाई स्थानीय विकास विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको छ। उपाध्यक्ष सागर थापालाई स्थानीय मामिला तथा प्रशासन विभाग प्रमुख, सचिव सोमराज थापालाई संगठन विभाग प्रमुख, उपसचिव उषा झालाई वित्तीय तथा कोष व्यवस्थापन प्रमुख र उपसचिव सन्तोष बान्तवा राईलाई जनसंगठन संयन्त्र विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।

बैठकले संघीय निर्वाचन क्षेत्र अन्तर्गत क्षेत्रीय कमिटीका संयोजकहरू पनि चयन गरेको छ। क्षेत्र नं. १ को क्षेत्रीय कमिटी संयोजकमा अग्नी भट्टराई, २ मा दुर्गा विष्ट, ३ मा भोला अधिकारी, ४ मा राजन भण्डारी, ५ मा सुकदेव यादव र ६ मा वैजु विश्वासलाई जिम्मेवारी दिने निर्णय गरिएको सचिव सोमराज थापाले जानकारी दिए ।

दोस्रो पूर्ण बैठकले ११ जना जिल्ला कमिटी सदस्यहरूलाई मनोनित गरेको छ। मनोनित हुनेहरूमा बुद्धिमान लिम्बू, मात्रिका ढकाल, महेश्वर यादव, मुकेश बुढाथोकी, जयप्रकाश चौधरी, यशोदा लिम्बू, गुणावती धामी, कृष्णकुमारी निरौला, तिला शर्मा, सुमन मिरिङचिङ र इरान राई रहेको सचिव थापाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर