खबर पूर्वाञ्चल
बेलबारी नगरपालिका–४ घर भएका ३४ वर्षीय मनिकुमार तामाङको आज बिहान मृत्यु भएको हो । जिल्ला कारागार मोरङका जेलर चेतराज बरालका अनुसार तामाङविरुद्ध पाँच वटा जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । एउटा मुद्दा भने किनारा लागेको थियो । खुट्टा सुन्निने र मुटु सम्बन्धी समस्या भएका उनलाई उपचारका लागि भदौ २० गते साँझ कोशी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
मोटरसाइकल चोरीको आरोप लागेका तामाङविरुद्ध मोरङ, झापा, सुनसरी, इलाम र धनकुटामा चोरीको कसूरमा मुद्दा विचाराधीन थियो । मोरङ जिल्ला अदालतमा दर्ता भएको दुई मुद्दामध्ये एउटा मुद्दामा ४ महिना कैद र १५ हजार रूपैयाँ र अर्काे मुद्दामा १ लाख रूपैयाँ धरौटी माग भएको थियो । धरौटीबापतको रकम बुझाउन नसकेपछि तामाङ २०८० माघ २१ गतेदेखि मोरङ कारागारमा थिए ।
तपाईको प्रतिक्रिया