AArya
animated ellipse animated ellipse

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३८३ संक्रमणमुक्त, थपिए ३०५ संक्रमित र १२ संक्रमितको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ असार २०७८, शनिबार १७:३८
945
Shares
विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३८३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३०५ नयाँ संक्रमित थपिएका छन् ।

संक्रमणमुक्त हुनेमा २४१ महिला र १४२ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ३७८ पुगेको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा गरिएको ८६५ जनाको पीसीआर परीक्षणमा ३०५ जनामा संक्रमण पुष्टि भएको छ । जस्र्मा १२५ महिला र १८० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा १५६, मोरङमा ५९, झापामा ४४, उदयपुरमा १५, पाँचथरमा १४, धनकुटामा ९, इलाममा ४, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको हो ।
सुनसरीको धरानमा ७२, बराहक्षेत्रमा ५१, इटहरीमा २८, दुहवीमा २, इनरुवा, बर्जु र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ४०, उर्लाबारी र केराबारीमा ४–४, सुन्दरहरैचा र पथरीशनिश्चरेमा ३–३, कानेपोखरीमा २, कटहरी, रतुवामाई र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमित देखिउको छ ।

उता झापाको दमकमा १९, विर्तामोडमा ९, भद्रपुरमा ६, मेचीनगरमा ४, कमलगाउँपालिकामा २, अर्जुनधारा, कचनकवल, बा¥हदशी र स्थानीय तह नखुलेका १–१ उदयपुरको त्रियुगामा ६, लिम्चुुङबुङ, चौदण्डीगढी, ताप्ली र स्थानीय तह नखुलेका २–२, कटारीमा १, पाँचथरको फिदिममा १३ र फाल्गुनन्दमा १, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिवासमा ३, शहिलभूमीमा १, इलामको इलाम नगरपालिकामा ४, संखुवासभाको भोटखोलामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको  मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७५ हजार २०५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ४६७ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १२ जना संक्रमितको मृत्यु भएको छ । मृतकको संख्या १३६२ पुगेको छ । जस्मा ४०६ महिला र ९५६ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा सवै भन्दा बढी सुनसरी स्थायीघर भएका ५ जना संक्रमितको मृत्यु भएको छ भने झापा र ओखलढुँगाका २–२ तथा मोरङ, पाँचथर र संखुवासभाका १–१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

धरानको विपि कोइराला विज्ञान प्रतिष्ठानमा ३ जना, विराटनगरको कोशी अञ्चल अस्पताल र मिसन अस्पताल ओखलढुंगामा २–२ जना तथा झापाको आम्दा अस्पताल दमक, झापाकै वि एण्ड सि अस्पताल विर्तामोड, जिल्ला अस्पताल पाँचथर, जिल्ला अस्पताल संखसवासभा र मोरङको मधुमल्ला अस्पतालमा १–१,संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर