खबर पूर्वाञ्चल
प्याब्सन मोरङले आज भर्चुअल माध्यमबाट शिक्षक अभिमुखीकरण कार्यक्रम राखेको हो । उक्त कार्यक्रमको सहजकिरण आठराई पब्लिकेसन्सका तालिम संयोजक तथा विज्ञ सानु अमात्यले गरेका छन् ।
अभिमुखीकरण कार्यक्रममा मोरङ जिल्लाभरीका २ सय ५० भन्दा बढी शिक्षकहरूको सहभागिता रहेको प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतले जानकारी दिए । प्याब्सनले चाँडै कक्षा १ को विषयगत शिक्षकहरूलाई चाँडै विषयगत अभिमुखरीकरण तालिम पनि गराउने सचिव प्रेमलालसिंह सुवालले बताए।