खबर पूर्वाञ्चल
स्कुल परिसरमा तीनदिनसम्म विभिन्न कार्यक्रम आयोजना गरेर आज सम्पन्न गरेको हो । वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरे । कार्यक्रम उद्घाटन गर्दै प्रमुख कोइरालाले रोजगारमुखि शिक्षा प्रदान गरेर दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै स्कुलका प्रिन्सिपल भुवन नेपालले सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण कान्तिपुर स्कुल सधै अगाडी रहेको बताए । स्थापनाको छोटो समयमा गुणस्तरीय शिक्षा प्रदान गरेर कान्तिपुर स्कुल र कलेजले विद्यार्थीको मन जितेर अगाडी बढेको बताए । तेही कारणले अहिले स्कुल र कलेजमा गरि तीन हजार विद्यार्थी अध्यापन गर्दै आएको प्रिन्सिपल नेपालले बताए ।
स्वागत मन्तब्य राख्दै स्कुलका भाइस प्रिन्सिपल देवीलाल महतोले विद्यार्थीहरुलाई सिप र संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यालय अगाडी बढेको बताए ।
कक्षा १२ सम्म विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, र कम्प्युटर विज्ञान पठाइ हुने उक्त कलेजमा २०७२ सादेखि नयाँ व्यवस्थापन आएर स्कुल र कलेज संचालनमा ल्याएपछि सर्वोउत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । कान्तिपुर स्कुलमा पढेका विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न योग्य बनाउने र देशको लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने ध्येयले अगाडी बढेको प्रिन्सिपल नेपालले बताए ।
विद्यालयको अध्यक्ष खुसीराज श्रेष्ठको सभापतित्वमा उक्त कार्यक्रम भएको हो । पहिलो दिन कक्षा पिजे देखि ३ सम्मका विद्यार्थीहरुले सांस्कृतिक नृत्य, गीत प्रस्तुत गरि सहभागि भएका अतिथि, अभिभावक र शिक्षकहरुलाई रमाइलो प्रदान गरे ।
शनिबार कक्षा ४ देखि १० कक्षासम्मका विद्यार्थीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गर्ने विद्यालयले जनाएको छ । तेस्रो दिन कक्षा ११ र १२ का विद्यार्थीहरुले प्रतिभा देखाए । सोही अवसरमा स्कुलले कान्पितुर साइनिङ स्टार प्रतियोगिता आयोजना गरेको छ । कक्षा ११ र १२ का विद्यार्थीहरु विच भएको प्रतियोगिताको प्रथम आविशा लिम्बु, द्धितीय स्नेहा भण्डारी र तृतीय निकिता भुजेल भइन् । उनीहरुले क्रमश ः ५ हजार १ सय, द्धितीयले ४ हजार १ सय र तृतीयले ३ हजार १ सय रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताको निर्णायकहरुमा नृत्य निर्देशक मनोज राजवंशी, समिक्षा कार्की र अन्जु गौतम रहेकी थिइन् ।