animated ellipse animated ellipse

मेरिल्याण्डकी छात्रा निशा र स्नेहा प्रथम र द्वितिय

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० आश्विन २०७९, आईतवार १९:२१
675
Shares
विराटनगर / ब्यवस्थापन शिक्षामा अब्बल नतिजा निकाल्न सफल तथा राष्ट्रिय पहिचान बनाउन सफल मेरिल्याण्ड कलेजले अर्काे सफलता हात पारेको छ ।

त्रि.वी. अन्तरगत महेन्द्र मोरङ क्याम्पसले लिएको विविएको प्रवेश परिक्षामा मेरिल्याण्डकी छात्राद्वय निसा बानीया र स्नेहा ढकालले क्रमशः ८२ र ८०.९५ अंक ल्याएर प्रथम र द्वितिय स्थान हात पार्न सफल भएका हुन् ।

करिब ९ सय विद्यार्थीले परीक्षा दिएकोमा मेरिल्याण्का २ जना छात्रासहित मेरिल्याण्डकै थुप्रै विद्यार्थीहरुले सफलता हाँसिल गरेका छन् । गत वर्ष पनि महेन्द्र मोरङ्गको सिम्याट परीक्षामा मेरिल्याण्कै छात्रा रश्मी साहले प्रथम स्थान हात पारेकी थिइन् भने विविए प्रथम सेमेस्टरको परीक्षामा हेनरीका ढकालले प्रथम स्थान हात पार्न सफल भएकी थिइन् ।

त्यसैगरी २०७९ सालको कक्षा –१२ को बोर्ड परीक्षामा दिया अग्रवालले सर्वाधिक अंक ३.९६ जिपिए ल्याई नेपाल प्रथम भएकी थिइन् । त्यस्तै यसै बर्षदेखि डीग्री क्याम्पस विराटनगरको विविए प्रवेश प्रवेश परिक्षाको नतिजामा मेरिल्याण्डकै छात्र शाश्वत ढकालले प्रथम स्थानमा नाम निकाल सफल भएका छन् । उक्त सफलताबाट कलेज गौरवान्वित भएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर