खबर पूर्वाञ्चल
केराबारी ३ का ३२ वर्षीय हस्तकुमार राईको हत्या गरि फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
राईसहित १० जना बाँसघारी खोप सरकारी राष्ट्रिय बनतर्फ शिकार खेल्न गएकोमा जेठ ८ गते गजेन्द्र राईले प्रहार गरेको भरुवा वन्दुकको गोली लागेर हस्तबहादुर राईको मृत्यु भएको थियो । घटनापछि खटिएको प्रहरी टोलीले भरुवा बन्दुक थान १ बरामद गरेको थियो भने लगत्तै प्रतिवादीहरु रुबिन लिम्बू र गजेन्द्रबहादुर राईलाई घरबाटै पक्राउ परेका थिए ।
ज्यान सम्बन्धी र हातहतियार खरखजना कसूरमा अनुसन्धान थालेको प्रहरीले घटनामा संलग्न केराबारी ३ का ४४ वर्षीय डिकबहादुर राई, ३६ वर्षीय बुद्धबिर लिम्बू, १९ वर्षीय रामप्रसाद राई र मोरङको लेटाङ १ का १९ वर्षीय विपन लिम्बू पक्राउ परेका हुन् ।
उनीलाई पक्राउ गर्नुका साथै जिल्ला मोरङ केराबारी गाउँपालिका वडा नं.-३ स्थित बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा ढलेको सखुवाको रूखको चेपमा माटो तथा पातहरूले छोपी लुकाई राखेको भरूवा बन्दुक थान २, ढुङ्गा माथि पातहरुले छोपी लुकाई राखेको भरुवा वन्दुक १ थान-१,लेटाङ नगरपालिका वडा नं १ स्थित जंगलको ठुलो ढुङ्गाको ओडारमा लुकाई राखेको भरुवा वन्दुक १ थान गरि ४ थान भरुवा वन्दुक बरामद गरी थप अनुसन्धान कार्य भई रहेको मोरङ प्रहरीले जनाएको छ।