AArya
animated ellipse animated ellipse

वैदेशिक रोजगार जानेका लागी प्रभावकारी वन्दै सुरक्षित आप्रवासी सामी परियोजना

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० श्रावण २०७९, शुक्रबार १८:१९
180
Shares
कुमोद अधिकारी
विराटनगर / सुरक्षित वैदेशिक रोजगारका लागी संचालित सुरक्षित आप्रवासी सामी परियोजना मोरङमा प्रभावकारी वन्दै गएको छ । जिल्ला प्रसाशन कार्यालय परिसरमा दुई वर्ष देखि परियोजना संचालनमा छ ।

परियोजनाले वैदेशिक रोजगारमा जानेहरुलाई सहि सुचना दिने सहजिकरण गर्ने , विदेशमा अलपत्र परेका कामदारहरुको उद्धार तथा ठगिमा परेकाहरुको रकम मेनपावर कम्पनीहरुवाट फिर्ता लिएर पिडित पंंक्षलाई वुझाउने जस्ता कार्य गर्दै आएको छ ।

परियोजनाले विदेश जाने युवा युवतीहरुलाई परामर्स दिदै विदेश जाँदा कस्तो मेनपावरको भरमा जादै हुनुहुन्छ, सिप सिक्नु भएको छ छैन त्याहा गएर के काम गर्ने विषयमा मेनपावरसंग कुरा भएको छ , सिप सिकेको छैनभने सिप सिकेर जानुस जस्ता विषयमा सल्लाह र सुझाव दिने गरेको पाइएको छ ।
परियोजनाले गत आर्थिक वर्षमा ऐजेन्ट तथा मेनपावर कम्पनीले वैदेशिक रोजगारमा जाने कामदारवाट १ करोड १२ लाख १० हजार ५ सय रुपैया असुल उपरगरि पिडित पंक्षलाई वुझाएको छ ।

त्यस्तै परियोजनाले वैदेशिक रोजगारमा जाने ४ हजार ६ सय २ जनालाई सुरक्षित रोजगारकालागी परार्मस दिएको छ । त्यसमध्ये ३ हजार ४ सय ९४ जना पुरुष र १ हजार १ सय ८ महिला रहेका छन । त्यस्तै कार्यालयमा २ सय ८६ उजुरी दर्ता भएका छन । त्यसमध्ये १ सय ८२ ठगिका र विदेशमा अलपत्र परेका र मृत्यु भएका १ सय ४ उजुरी दर्ता भएको आप्रवासी श्रोतकेन्द्र परियोजनाका परार्मसकता सरोजकुमार खनालले वताए ।

उनका अनुसार कार्यालयमा ३९ वटा ठगीका उजुरीको समाधान गरेको १६ जनालाई सुरक्षित रोजगारका लागी सिप सिक्न सिटीभिटीमा पठाइएको छ । कार्यालयले गत आर्थिक साहयता, मृत्यु पश्चात हुने विमा, पाउने तलव सुविधा वोनसका ७२ वटा उजुरीको समेत समाधान गरेको छ । त्यसवाट कार्यालयले ३ करोड १ लाख ८९ हजार रकम प्राप्त गरेको परार्मसकर्ता खनालले वताए ।

जिल्ला प्रसाशन कार्यालयमा मलेसिया, साउदी, कुवेत, कतारलगायत अन्य देश जान पासपोर्ट वनाउन आउने ६० जनाभन्दा वढिले दैनिक सेवा लिने गरेका छन् ।

एजेन्ट तथा मेनपावर कम्पनीहरुले रकम लिएर वैदेशिक रोजगारमा नपठाउने, पठाएपनि विदेशमा लगेर अलपत्र पार्ने , भोकभोकै राख्ने साथै मेनपावर कम्पनीले भने जस्तो काम नदिने गरेको उजुरी धेरै आउने गरेको अर्का परामर्स कर्ता मुना निरौलाले वताइन् ।

यसरी आएका उजुरी उपर जिल्ला प्रसाशन कार्यालयको समन्वयमा पिडित तथा पिडितका परिवार र मेनपावर एजेन्टलाई राखेर छलफल गर्ने मेनपावरसंग रकम फिर्ता गराउन पहलगर्ने त्यसवाट पनि समस्या समाधान नभए सवै कागजपत्र राखेर त्यस्ता उजुरी वैदेशिक रोजगार विभागमा पठाउने गरेको परार्मसकर्ता निरौलाले वताइन् ।

खाडी मुलुकजाँदा सरकारले तोके अनुसार ९ देखि १० हजार रुपैया लाग्ने भएपनि अज्ञान्ताका कारण कामदारहरुवाट मेनपावर कम्पनीले एक लाखदेखि अढाईलाख सम्म रकम लिने गरेको कार्यालयले जनाएको छ ।

नेपाल सरकारको वैदेशिक रोजगार भन्ने वेवसाइढमा जाँदा कुन देश जाँदा कति पैसा लाग्छ कतिपय देश जाँदा कामदारहरुको रकम समेत नलाग्ने भन्ने विषयमा सवै कुरा उल्लेख गरिएको हुन्छ । तर विदेश जाने युवा युवतीहरुलाई यी सवै कुराको जानकारी नहुदा मेनपावरहरुले सरकारले तोकेको रकममा पठाउन नसक्ने भन्दै कागजी प्रक्रिया पुरा नगरि कामदारसंग हाथोहाथ वढि रकम लिने गरेकाले पनि वढि रकम लिने त्यस्ता मेनपावर कम्पनीलाई कार्वाही गर्न प्रमाण समेत नजुटने गरेकाले त्यसतर्फ सरकारले ध्यान दिनु आवश्यक रहेको परामर्शकर्ताको भनाई छ ।,

दुई वर्षदेखि सगरमाथा सामुदायिक विकासकेन्द्रद्धारा संचालित सो परियोजना चालु आर्थिक वर्षदेखि कुनै निकायले संचालन गर्न पहल नगरेपनि परियायोजनाले भने आफनो नियमित काम भने गरिरहेको छ । यस्ता सेवामुखी परियोजना संचालनका लागी महानगरपालिकाको ध्यान जानु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर