AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

साहित्यकार घिमिरेकोचेतनाको तरङ मुक्तक संग्रह विमोचन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० आश्विन २०७९, सोमबार १९:१७
198
Shares
विराटनगर / साहित्यकार मञ्जु घिमिरे दाहालद्वारा लिखित चेतनाको तरङ नामक मुक्तकसंग्रहको विमोचन गरिएको छ ।

मुक्तक प्रतिष्ठान प्रदेश–१ ले आज विराटनगरमा आयोजना गरेको विशेष कार्यक्रममा मुक्तकसंग्रहको विमोचन गरिएको हो । कार्यक्रममा प्राज्ञ विवश पोखरेल, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, साहित्यकार देवी पन्थी, झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईं, आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेल, अधिकारकर्मी कृष्णप्रसाद भण्डारी मार्सेलीलगायतले संयुक्त रुपमा मुक्तक संग्रहको विमोचन गरे ।

विमोचित कृतिमाथि समालोचक हरि कट्टेलले समीक्षा गरे । त्यस्तै साहित्यकार मञ्जुश्री गिरी, लक्ष्मी रायमाझी, राधा भट्टराई, राधिका गुरागाईं, रोहिणी रसिक, सविना श्रेष्ठ, विनोद विवश, रीता पाठक, लक्ष्मी स्मृतिलगायतले विमोचित कृतिभित्रका मुक्तक वाचन गरे । संग्रहमा विभिन्न विषयवस्तुमाथि केन्द्रित लेखिएका १ सय ५६ वटा मुक्तकहरू समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर