बिस्थापित भएका घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका डिएसपी दिपक श्रेष्ठका अनुसार सबैभन्दा बढी प्रभावित कटहरी गाउँपालिकामा भएको छ । कटहरी भित्र १ सय ५० घर डुवानमा पर्दा ५ सय २० जना बिस्थापित भएको डिएसपी श्रेष्ठले जानकारी दिए । उनका अनुसार कटहरी १ ममा टाइगरटोलमा सिंघिया खोलाको बाढी पस्दा ६० घर डुवानमा पर्दा २ सय ५० जना विस्थापित भएका छन् । यस्तै कटहरी १ मै हनुमानमन्दिर एरियामा सिंघिया खोलाको बाढी पस्दा ४० घर डुवानमा परि १ सय ७० जना बिस्थापित, नारीबिकास एरियाको ३० घर डुवानमा पर्दा एक सय जना बिस्थापित भएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
जहदामा १ र २ नं. वडामा राजवंशी चौकमा १२० घर डुवानमा पर्दा ४ सय ५० जना बिस्थापित भएको प्रहरीले जनाएको छ । विराटनगरका विभिन्न बस्तीमा बाढीपहिरो पसेको छ । बाढीपहिरो बस्तीमा पसेपछि स्थानिय सुरक्षित स्थानतर्फ गएका छन् ।
विराटनगर महानगरपालिका–८ हाटखोलामा सिंघिया खोलाको बाढी पसेपछि २५ घर विस्थापित भएका छन् । वडा नम्बर–२ का २० घरमा पनि बाढी पसेपछि त्यहाँका ३३ जना स्थानीय पनि विस्थापित भएका छन् ।
विराटनगरको ६, ७, ८, ११, १२, १६ र १९ नम्बर वडाका घरहरु पनि जलमग्न भएका छन् । उनीहरुलाई प्रहरीले उद्धारकार्य गरिरहेको छ ।
तपाईको प्रतिक्रिया