AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जना कामदारको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ कार्तिक २०७९, बिहीबार १७:०६
342
Shares
विराटनगर / विराटनगर महानगरपालिका–४ मा रहेको कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जना कामदारको मृत्यु भएको छ ।

आज दिउँसो १ बजेतिर रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर कोल्ड स्टोरका कामदार विराटनगर–५ का ५४ वर्षीय रौदी चौधरीको मृत्यु भएको हो । चौधरी कोल्ड स्टोरका मिस्त्री हुन् ।

कोल्ड स्टोरभित्र ग्यास लिक भएपछि निसास्सिएर बेहोस भएको अवस्थामा चौधरीलाई फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । अचेत अवस्थामा भेटिएका उनलाई प्रहरीले तत्काल उद्धार गरेर उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल लगेको थियो । उपचारकै क्रममा दिउँसो २ बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको जानकारी डीएसपी श्रेष्ठले दिए । अनुसन्धानपछि मात्रै ग्यास कसरी लिक भयो भन्ने बारेमा पत्ता लाग्ने उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर