AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

तास खेल्ने एक दर्जन पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ कार्तिक २०७७, मंगलवार १४:५९
1.34k
Shares
विराटनगर / मोरङको रतुवामाइ नगरपालिका – ७ जमाबाडीस्थित ताल खेल्ने एक दर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो राती रतुवामाई नगरपालिका ७ जामबाडी स्थित पोखरीको डिलमा रहेको टहरोमा तास खेल्ने १२ जनलाई ईलाका प्रहरी कार्यालय सिजुवाले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा रतुवामाई नगरपालिका ७ का ३४ वर्षिय गोपाल कटुवाल, सोही ठाउँका ४३ वर्षिय गणेश कार्की, ३६ वर्षिय दिनेश बस्नेत, ४५ वर्षिय नरेन्द्र रिजाल, २५ वर्षिय गणेश गौतम, ३९ वर्षिय नन्दराज फुयाल, ४२ वर्षिय फणिन्द्र बुढाथोकी, ४५ वर्षिय झंकराज कोइराला, ३८ वर्षिय रामभक्त भट्टराई, ४० वर्षिय सन्तोष रिजाल, ३० वर्षिय राम कार्की र ३२ वर्षिय मनोज उप्रेतीलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

प्रहरीले तास खेल्दै गरेको १२ बुक ताससहित १४ हजार २ सय ७० रुपैयाँ र मलेसियन रिङ्गेट ६ सय रूपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर