AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ भन्दै मोरङका १५ उम्मेदवारले गरे लिखित प्रतिबद्धता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ फाल्गुन २०८२, सोमबार १८:०६
81
Shares
विराटनगर / मोरङका प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने लिखित प्रतिबद्धता जनाएका छन् ।

भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्था मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी १५ जना उम्मेदवारहरूले गरेको प्रतिबद्धतासहितको हस्ताक्षर सार्वजनिक गरेको हो ।

संस्थाले जिल्लाका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई प्रत्यक्ष भेटेर सुशासन कायम गर्ने र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि प्रतिबद्धता गराएको थियो । हस्ताक्षर गर्ने उम्मेदवारहरूले ‘नेपालको संविधानको पूर्ण पालना गर्दै म भ्रष्टाचारको अन्त्य र सुशासनका लागि प्रतिबद्धता जनाउँछु, म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ ’ भन्ने व्यहोरामा सहमति जनाएका छन् ।

निगरानी संस्थाका अध्यक्ष एवं वरिष्ठ पत्रकार मोहन भण्डारीका अनुसार उम्मेदवारहरूलाई निर्वाचनपछि पनि आफ्नो वाचाप्रति जिम्मेवार बनाउन यो अभियान सुरु गरिएको हो । उनले भने, “हामीले भेटेका उम्मेदवारहरूले भ्रष्टाचारविरुद्धको अभियानमा ऐक्यबद्धता जनाउनुभएको छ । भोलि चुनाव जितेर गएपछि उहाँहरू सुशासनको मार्गबाट विचलित नहोऊन् र यदि भ्रष्टाचारमा संलग्न भएमा सञ्चारकर्मी र नागरिक समाजले खबरदारी गर्न सजिलो होस् भनेर यो प्रतिबद्धता सार्वजनिक गरिएको हो ।”

संस्थाले उम्मेदवारहरूलाई जनताको प्रतिनिधि भई जाँदा नैतिक रूपमा स्वच्छ रहन र राज्यका हरेक संयन्त्रलाई पारदर्शी बनाउन पनि आग्रह गरेको छ । ६ निर्वाचन क्षेत्र रहेको मोरङमा १ सय १० जना उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर