खबर पूर्वाञ्चल
गए राति प्राप्त पछिल्लो पीसीआर परीक्षण रिपोर्टअनुसार विराटनगर महानगरपालिमा २२ जनामा कोरोना संक्रमण देखिएको हो । सवैभन्दा बढी वडा नम्बर ९ मा ११ जनामा संक्रमण देखिएको छ ।
त्येस्दै विराटनगर–१५ का एक, १४ का दुई, १२ का एक, ११ का एक, १० का दुई, ६ का एक, ३ का दुई जनामा कोरोना देखिएको छ । एकजनाको वडा खुलाइएको छैन ।
विराटनगरमै गरिएको परीक्षणबाट मोरङको जहदाका एक र प्रदेश २ का चारजनामा पनि कोरोना देखिएको छ । २२ जना नयाँ बिरामी थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या दुई सय ७८ पुगेको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।