AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पछिल्लो १२ घण्टामा बीपीमा २ जना संक्रमितको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ मंसिर २०७७, सोमबार ११:३२
234
Shares
धरान / कोरोना भाइरस संक्रमणका कारण पछिल्लो १२ घण्टामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना संक्रमितको मृत्यु भएको छ ।

सुनसरीका ६७ वर्षीय पुरुष र इलामका २५ वर्षीय युवाको मृत्यु भएको हो । इलाम– १ का युवाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हिजो राति ९ः३० बजेतिर मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार पीसीआर परीक्षण गराउँदा मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि थप उपचारका लागि प्रतिष्ठानमा भर्ना गरिएको थियो । प्रतिष्ठानले मृतकको शव व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको जनाएको छ ।

त्यस्तै प्रतिष्ठानमा उपचाररत सुनसरीका ६७ वर्षीय संक्रमित पुरुषको आज बिहान ६ः४० बजे मृत्यु भएको हो । कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई मंसिर १ गते अस्पताल भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर