RUMPUM
animated ellipse animated ellipse

सुर्तीजन्य पदार्थ, छनौटको अवसर र ब्याक्तिगत स्वतन्त्रता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ श्रावण २०८०, शुक्रबार १५:५३
621
Shares
बसन्त अधिकारी
बसन्त अधिकारी
म सुर्तीजन्य पदार्थ सेवन नगर्ने भएकोले विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थलाइ निषेध गरेको निर्णयले मलाइ खासै असर पर्ने देखिदैन तरपनि जो मानिसहरु यी कुराहरुको आदि छन्, उनीहरुको जीवनमा भने फरक पर्न सक्छ । Ludwig Von Mises भन्दछन यदि कोहि मानिस पानि नखाएर रक्सि खान्छ भने म उसले गलत गर्याे भन्दिन, म यति भन्दछु कि, उसको ठाउँमा म भएको भए त्यसो गर्ने थिइन, त्यो उसको इच्छाको कुरा हो, मेरो सरोकारको बिषय होइन ।

निस्चय पनि सुर्तीजन्य पदार्थ सेवन गर्नु राम्रो कुरा होइन भनेर हामि सबैले बुझेका छौ । यसको लत लागेमा स्वास्थ्यलगायत आर्थिक नोक्सानी हुन सक्छ । तर यहि दलिलको आधारमा कसैको ब्याक्तिगत चाहनालाई दबाउनु जायज छ कि छैन भन्ने कुरा बहसको बिषय हो । कुनै पनि कुराको सिमा हुन्छ, आवस्यकता भन्दा धेरै भयो भने त्यहि कुराले हानि पुर्याउन सक्छ, चाहे त्यो चिनी होस या चिया, दबाई होस वा दारु । संसारमा भएका सबैकुराको उपयोगिता छ, तर त्यसको प्रयोग कसरी हुन्छ भन्ने बिषय महत्वपुर्ण हुन्छ । चक्कुले तरकारी नि काट्दछ भने चक्कुले हात पनि काट्न सक्छ । तर चक्कुले हात काट्यो भनेर सायदै हामि चक्कुलाई निषेध गर्छाै । चक्कु त निर्जीव बस्तु हो, त्यो त चलाउने मानिसको व्यवहारमा भर पर्दछ, त्यहि कुरा सुर्तीजन्य पदार्थको सवालमा पनि लागु हुन्छ ।

स्वतन्त्रता भनेको आफ्नो हितको निम्ति आफुलाई इच्छा लागेको कुरा आफ्नै तरिकाले गर्न पाउनु हो, जबसम्म हामी अरूलाई उनीहरूको अधिकारबाट वञ्चित गर्ने प्रयास गर्दैनौं, वा उनीहरूले प्राप्त गर्न खोजेको प्रयासमा बाधा पुर्यानउँदैनौं । प्रत्येक व्यक्ति आफ्नो शारीरिक, मानसिक वा आध्यात्मिक स्वास्थ्यको निम्ति आफै जिम्मेवार हुन्छ भनेर John Stuart Mill  भन्दछन । स्वतन्त्रतालाई व्याख्या गर्नको निम्ति उनी Self-RegardingOther-Regarding को तर्क दिन्छन ।

Self-Regarding Action भन्नाले व्यक्ति आफुले कुनैपनि निर्णय लिँदा वा कार्य गर्दा आफुलाई मात्र प्रभावित गर्दछ भने यो अवस्थामा ब्यक्ति आफुले रुचाएको कार्य गर्न स्वतन्त्र हुन्छ । यो अवस्थामा समाजका अन्य व्यक्ति तथा राज्यले उसको स्वतन्त्रतामा दखालान्दाजी गर्न पाउदैन । त्यसैगरी Other रेगर्दिंग Atoin भन्नाले ब्याक्तिले कुनै पनि निर्णय लिदा वा कार्य गर्दा त्यसले उ आफुलाई मात्र नभएर अरुको स्वतन्त्रतालाई समेत प्रभाव पार्दछ, यस अवस्थामा ब्याक्ति इच्छाएको कार्य गर्न स्वतन्त्र हुदैन।यो परिस्थितिमा समाज र राज्यले व्यक्तिको इच्छा र कार्य माथि रोक लगाउन सक्दछ ।

त्यसै गरि इसाया बर्लिनका Positive  Liberty अनुसार, व्यक्तिको २ किसिमको Self हुन्छ एउटा Higher Self र अर्काे Lower सेल्फ, Higherlower self दुवैले व्यक्तिको निर्णय र कार्यलाई निर्देशित गरेको हुन्छ । Higher Self द्वारा निर्देशित मानिस बुद्दि विवेकको प्रयोग गरि जिम्मेवारी पूर्ण, असल र स्वविवेकी निर्णय लिने गर्दछ, जसले व्यक्ति र समाजको हित गर्दछ भने,Lower Self द्वारा निर्देशित व्यक्ति भने आफ्नो भावना र इच्छाको प्रभावमा अविवेकी र गैर जिम्मेवारीपूर्ण निर्णय लिने गर्दछन, जसले व्यक्ति लगायत समाजका अन्य सदस्यहरुको हित गर्दैन ।

बर्लिनको भनाई अनुसार मानिसको lower self  जहिले पनि higher self को अधिनमा हुनु पर्दछ । ब्यक्ति जहिले पनि higher self को प्रयोग गरि स्वविवेकी निर्णय लिन्छ भन्ने हुदैन, ब्यक्तिले lower self को प्रभावमा निर्णय लिएको अवस्थामा राज्यले आफ्ना नागरिकहरुको हितको रक्षाको निम्ति ब्यक्तिको निर्णय र स्वतन्त्रतामाथि अंकुस लगाउन सक्दछ । यहि मान्यतालाई लिएर विराटनगर महानगरपालिकाले महानगरपालिका परिसर भित्र सुर्तीजन्य पदार्थको बिक्रि वितरणमा रोक लगाएको हुन सक्छ ।

सरकारले ब्यक्तिको निर्माण गरेको होइन । व्यक्तिले आफ्नो जीवन, स्वतन्त्रता र सम्पति माथिको अधिकारको रक्षाको निम्ति सामाजिक सम्झौता मार्फत सरकारको निर्माण गरेका हुन् भनेर John Locke आफ्नो तर्क अघि सार्दछन । जसकारण राज्यको प्रमुख दायित्व नागरिकहरुको प्राकृतिक अधिकारको रक्षा गर्नु हो । आफ्नो अधिकारको घेरालाई अझ धेरै सुनिस्चित गर्नको निम्ति ब्यक्तिले सरकारलाई स्वेच्छाले आफ्नो केहि अधिकार समर्पित गरेपनि आफ्नो स्वविवेक सरकारलाई नबुझाएर आफैसंग राखेका हुनाले सरकारलाइ व्यक्तिको छनौट र स्वतन्त्रतामाथि अंकुस लगाउने अधिकार तबसम्म हुदैन जबसम्म उसको क्रियाकलापले अरुको अधिकार माथि हस्तक्षेप गर्दैन भनेर लकले स्पस्ट पारेका छन् ।

भोला, गुटका, चुरोट, जर्दा आदि सुर्तीजन्य पदार्थ पसलमा पाइयो भन्ने बित्तिकै सबैले किनेर खान्छन भन्ने हुदैन । छनौटको अवसर र स्वतन्त्रता छ भने जसलाई खान मन छ उसले किन्छ, जसलाई इच्छा छैन उ त्यता तर्फ ध्यान दिदैन । उमेर पुगेको मानिसमा स्वविवेक हुने भएकोले आफ्नो हित अहितको बारे उसलाई थाहा हुन्छ । ब्यक्तिले सधै सहि निर्णय नै लिन्छ र लिनुपर्छ भन्ने हुदैन, गलत निर्णय लिन पाउने पनि उसको स्वतन्त्रता हो । यदि त्यो छुट व्यक्तिसंग छैन भने उ स्वतन्त्र छैन भन्ने बुझाउँछ । व्यक्ति आफ्नो निर्णय प्रति स्वयं जिम्मेवार हुन्छ,सहि वा गलत जस्तो किसिमको निर्णय लिन्छ, त्यसको परिणाम ब्यक्ति स्वय.ले भोग्दछ ।

म स्वतन्त्रताम ब्यक्तिगत स्वतन्त्रता र छनौटको अवसरमा विश्वास गर्ने भएपनि स्वतन्त्रताको बिषयमा वकालत गर्न सहज छैन, किनकि एउटाको स्वतन्त्रता अर्काेको इच्छा बिपरित हुन सक्दछ । जुनकुराले मलाई आत्म संतुस्ती दिन्छ, त्यो कुराले अरुलाई पनि सुन्तिस्ती दिन्छ भन्ने हुदैन, र जुन कुराले अरुलाई संतुस्ती दिन्छ त्यो कुरा मलाइ मन नपर्न पनि सक्छ । हरेक व्यक्तिको स्वभाव अर्काे व्यक्ति भन्दा फरक हुन्छ, त्यसकारण सबैको रोजाइ र चाहना एकै किसिमको हुदैन तर मलाइ अरुले गरेको कुरा मन परेन भनेर उसको इच्छा र चाहनामाथि जबरजस्ती आफ्नो धारणा र नीति-नियम थोपर्नु एक प्रकारको हिँसा हो भन्ने मेरो बुझाइ छ ।

उमेर पुगेको व्यक्तिले के खान हुने के खान नहुने भन्ने कुराको स्वविवेक आफै प्रयोग गर्न सक्ने भएकोले सुर्तीजन्य पदार्थ खाने वा नखाने भन्ने निर्णय गर्ने स्वतन्त्रता ब्यक्ति माथि छोडीदिदा उचित हुने देखिन्छ । राज्यले सुर्तीजन्य पदार्थ सेवनले पुर्याउने असर बारे सचेतना कार्यक्रम संचालन गरि नागरिकहरुलाई अवगत गराउने, उमेर नपुगेका बाल-बालिकाहरुलाई सुर्तीजन्य पदार्थ खरिद-बिक्रि तथा बेच-बिखनमा कडाइ गर्ने, सार्वजनिक स्थलमा जथाभाबी फोहोर गर्नेलाई जरिवाना गराउने, स्कुल-कलेज हस्पिटल परिसरको निश्चित क्षेत्र भित्र बेच–बिखन गर्न नपाउने आदि जस्ता नीति लिएर नियमन गर्ने व्यवस्था अपनाएको खण्डमा पनि सुर्तीजन्य पदार्थलाई नियन्त्रण गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर