मिरगञ्ज पुल भासियो, विराटनगर भन्सारबाट हुने आयात–निर्यात ठप्प

खबर पूर्वाञ्चल, २३ पुष २०७८, शुक्रबार १८:५०
फाइल तस्वीर

विराटनगर / विराटनगरको रानी भन्सारबाट करिब चार किलोमिटर दक्षिण भारतको मिरगञ्जमा रहेको पुल भासिएपछि आयात–निर्यात रोकिएको छ ।

परमान खोलाको मिरगञ्जमा रहेको पुल भासिएपछि विराटनगर भन्सारबाट हुने आयात–निर्यात रोकिएको हो । जिर्ण अवस्थामा रहेको पुल भासिएपछि आयात निर्यात रोकिएको विराटनगर भन्सार कार्यालयलले जनाएको छ । पुल भासिएपछि भारतीय पक्षले हिजो दिउँसोबाटै आउ–जाउ गर्न रोक लगाएको थियो । भारतीय पक्षले रोक लगाएका कारण विराटनगरतर्फ आइरहेका मालबाहक सवारी साधन पुल पारी नै रोकिएका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आयात–निर्यात रोकिएपछि पुलका विषयमा अध्ययन गर्न टोली पठाइएको बताए । भारतीय पक्षसँग छलफल भएको बताउँदै उनले मिरगञ्ज पुलबाट आयात हुन नसके वैकल्पिक बाटो प्रयोग गरिने बताए । गत २०७४ साउन २९ गते पनि क्षतिग्रस्त बनेको सो पुल पुनः मर्तत गरेर सञ्चालन गरिएको थियो । पुनः भासिएपछि हिजो दिउँसोबाट ठूला मालबाहक सवारी साधन रोकिएको भारतीय पक्षले जानकारी गराएको छ । यसअघि पुल भासिदा सुनसरीको कोशी ब्यारेजको रुट प्रयोग गरिएको थियो ।

विराटनगर भन्सारका लागि आएका मालबाहक सवारीलाई कोशी ब्यारेज तर्फ डाइभर्ट गर्दा लागत खर्च बढ्ने उद्योगी राजेन्द्र राउतले बताए । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष समेत रहेका राउतले केन्द्र सरकारले मिरगञ्जकै बाटो खुला गर्नका लागि पहल गर्नुपर्ने बताए । पुलको अवस्थाको विषयमा अध्ययन गर्नका लागि मुख्यमन्त्री कार्यालयलले पनि चासो देखाएको उनले बताए । मीरगञ्जको पुरानो पुल नजिकै चार लेन सडकलाई जोड्ने पक्की पुल पनि निर्माण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

PABSON
SBSC
Sitala Subaa
mani Sir
MINILYAND
jagat Sir
SURENDRA

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५