AArya
RUMPUM
animated ellipse animated ellipse

जेभियर्स स्कुल कक्षा १२ को पहिलो ब्याचमै सत प्रतिशत सहित उत्कृष्ट नतिजा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ भाद्र २०७९, आईतवार १९:१०
3.1k
Shares
विराटनगर / बुढीगङ्गा २, टङ्कीसिनुवारीमा अवस्थित जेभियर्स इ.स्कुलले कक्षा १२ को पहिलो ब्याचमै ३.६४ जिपिए सहित सतप्रतिशत नतिजा ल्याउन सफल भएको छ‌।

देशभरिको उतीर्ण नतिजा प्रतिशत ४८ मात्र रहेको अवस्थामा पनि सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल यस विद्यालयमा व्यवस्थापन विषयमा कक्षा ११ र १२ सञ्चालन भइरहेको जानकारी विद्यालयका प्राचार्य परेश पोखरेलले दिए‌। यो विद्यालय विराटनगरको उत्तरी क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरिरहेको छ।

विराटनगरका विभिन्न कलेजहरूमा लामो समयसम्म शिक्षण पेशामा संलग्न शिक्षक तथा प्राध्यापकहरूको समूहबाट सञ्चालित यो विद्यालय बुढीगङ्गा गाउँपालिकामा कक्षा १२ सम्म पढाइ हुने पहिलो सस्थागत विद्यालय पनि हो। यस विद्यालयकी छात्रा मनीषा घिसिङले भर्खरै प्रकाशित कक्षा १२ को रिजल्टमा ३.६४जिपिए प्राप्त गरेकी छिन् ‌। हाल यस विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म ८८६ छात्रछात्रा अध्ययन गरिरहेका छन्।

न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यो विद्यालय विराटनगरको उत्तरी क्षेत्रका विद्यार्थी तथा अभिभावकको रोजाइमा पर्ने गरेको छ ‌।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर