खबर पूर्वाञ्चल
सहभागीहरुलाई विभेदपूर्ण सामाजिक मान्यताहरु र अभ्यासहरुलाई चुनौति दिन नव विवाहित दम्पति लैङ्गिक रुपमान्तरण्का पद्धति अपनाई, परिवार महिला तथा पुरुषसँग पारिवारिक ÷ सामुदायिक सम्वाद गर्ने, लैङ्गिक रुपान्तरणका लागि सिकाई पद्धतिमा सहभागिता गराउदै सहजीकरण गर्ने सहजीकरण गरिएको थियो ।
यसैगरी धार्मिक तथा सामुदायिक अगुवाहरु, वुद्धिजीवहरु र अन्य प्रभावशाली नेतासँग लैङ्गिक समानताका लागि आलोचनात्मक चिन्तन र अभियानमा सहजीकरण तथा सम्वाद गर्ने र लैङ्गिक हिंंसा विरुद्धको राष्ट्रिय ÷अन्तर्राष्ट्रिय दिवसका अवसरमा पैरवीमुलक अभियान सञ्चालनमा समन्वय र सहजीकरण गर्ने तालीम प्रदान गरिएको थियो ।
सो अवसरमा सहभागी किशोरी उदयपुरकी रेनुका राईले लैङ्गिक हिंंसा रोकथामका लागि सहज जानकारी प्राप्त भएको र समाज, गाउँघरमा यसलाई अभियानको रुपमा सञ्चालन गर्ने जानकारी दिइन् ।
कोकनका निर्देशक कोषराज न्यौपाने ,मोरङ अध्यक्ष मन्जिता उपाध्याय, भिएसओ नेपालका निर्देशक सुनिल साह, नेपाल पत्रकार महासङ्घका सचिव नेत्रपि अधिकारी र सहभागी किशोर आकाश घिमिरेले सहभागीहरुले पहाडी र तराई क्षेत्रमा लैङ्गिक हिंसा न्यूनियनकरण गर्न सफलता प्राप्त हुने विश्वास व्यक्त्त गरे ।
कोकनले आगामी तीन वर्षभित्र प्रदेका ४० विद्यालयका १३ देखि १७ बर्षसम्म उमेरका चार हजार ८ सय किशोर किशोरलाई महिला हिंसा न्यूनियनकरण सम्वन्धमा तालीम दिने लक्ष्य लिएको छ ।