animated ellipse animated ellipse

धार्मिक भ्रमणमा जाने महानगरका ज्येष्ठ नागरिकको विदाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ पुष २०७९, शनिबार १६:५२
216
Shares
विराटनगर / विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमणमा लगेको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर १० को व्यवस्थापनमा वडाका ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमणमा लगेको हो । भ्रमणमा जाने ज्येष्ठ नागरिकको टोलीले महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले आज बिहान विदाई गरेका छन् । वडाध्यक्ष अर्जुन गिरीको नेतृत्वमा १ सय ६० जना ज्येष्ठ नागरिक धार्मिक भ्रमणमा गएका हुन् ।

वडाको वार्षिक विनियोजित बजेटअन्तर्गत ज्येष्ठ नागरिकलाई धार्मिक पर्यटन यात्रामा लगेको वडाध्यक्ष गिरीले जानकारी दिए । ज्येष्ठ नागरिकहरुलाई झापा र इलामका विभिन्न धार्मिक र पर्यटकीयस्थलको भ्रमण गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर