animated ellipse animated ellipse

मोरङको ग्रामथानमा ७१.३३ प्रतिशत मतदान, २६ हजार ४४ मतदाता रहेको ग्रामथानमा १८ हजार ५७७ मत खसियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ मंसिर २०८१, आईतवार १८:०८
279
Shares
विराटनगर / स्थानीय तह उपनिर्वाचनअन्तर्गत मोरङको ग्रामथान गाउँपालिकामा मतदान सकिएको छ ।

सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार ७१.३३ प्रतिशत मत खसेको छ । ७ वटा वडा रहेको ग्रामथानमा २६ हजार ४४ मतदाता रहेकोमा १८ हजार ५ सय ७७ जना मतदानमा सहभागी भएको पौडेलले बताए । १२ मतदान स्थलका २९ मतदान केन्द्रमा मतदान भएको थियो ।

आज विहान ७ बजेदेखि सुरु भएको मतदान ५ बजे सकिएको थियो । शान्तिपूर्ण रुपमा मतदान सिकएको मोरङ प्रहरीले जनाएको छ ।

सर्वदलीय सहमति जुटेमा आजै रातिबाट मतगणना सुरु गर्ने तयारी छ । मतपेटिका संकलन सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर