AArya
RUMPUM
animated ellipse animated ellipse

कप्तान लामिछानेले ५ विकेट लिए पछि बहराइन ८७ रनमा सिमित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ भाद्र २०८३, सोमबार ०९:५८
3
Shares
विराटनगर / कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए पछि एसीसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा बहराइन ८७ रनमा सिमित भयो ।

मलेसियाको यूकेएम यूएसडी ओभलमा टस हारेर पहिलो ब्याटिङ गरेको बहराइन ३६ दशमलव २ बलमा सवै विकेट गुमाउँदै ८७ रनमा सिमित भयो । बहराइनकालागि फियज अहमदले १५ रन बनाउँदा महमद वासिमले १३ रन र पुछारका ब्याटर अलि दाउदले १० रनको योगदान दिए ।

करिव ५ वर्षपछि कप्तानीमा फर्केका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए । उनले १० ओभरमा ४ मेडन राख्दै १४ रन माात्र दिए । त्यस्तै ललित राजवंशीले ६ दशमलव २ बलमा १ मेडन राख्दै २० रन खर्चेर ३ विकेट लिँदा करण केसीले २ विकेट लिए ।

नेपाल क्रिकेट संघ क्यानले गत महिना रोहितकुमार पौडेललाई हटाएर सन्दीपलाई कप्तानी जिम्मेवारीमा फर्काएको थियो । सन्दीप कप्तानमा फर्किएपछि नेपालको यो पहिलो आधिकारिक खेल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर