पूर्वाञ्चल खबर
ढकालका पिता बिष्णुप्रसाद ढकालको १०२ वर्षको उमेरमा आज विहान ९ बजे विराटनगर ५, सम्झना चोक स्थित निवासमा निधन भएको हो ।
स्वर्गीय ढकालको आजै दिउँसो ४ बजे पछि विराटनगर १ स्थित सिंघिया किनारको रहेको परोपकार घाटमा अन्त्येष्टि गरिने जनाईएको छ । स्वर्गीय ढकालका २ छोरा र ६ छोरी गरि ८ सन्तान मध्ये हाल १ छोरा (विनोद ढकाल) र ४ छोरी रहेका छन् । एमाले नेता ढकाल स्वर्गीय ढकालका कान्छो छोरा हुन् ।
मोरङ क्षेत्र नं. ६ का उम्मेद्वार ढकाल चुनावी अभियानमा व्यस्त रहेकै बेला आफ्ना पिता गुमाउनु परेकोमा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र सुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
पितृशोकमा रहेका ढकालप्रति समवेदना ब्यक्त गर्न नेकपा एमालेलगायत विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता तथा आसन्न निर्वाचनका उम्मेद्वार समेत पुगेका छन् ।