animated ellipse animated ellipse

प्रतिबन्धित लागुऔषधसहित ६ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ मंसिर २०७९, बिहीबार १८:५६
189
Shares
सुनसरी / सुनसरीको छुट्टा छुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषधसहित ६ जनालाई प्रहरी पक्राउ गरेको छ ।

अस्थाई प्रहरी पोष्ट विजयपुर धरानबाट खटिएको प्रहरीको टोलीले धरान उप महानगरपालिका-१४ का २१ बर्षीय रन्जित तामाङ, १९ बर्षीय नेल्शन याक्खा, २० बर्षीय शाहील भण्डारी र १९ बर्षीय शेखर परियारलाई प्रतिबन्धित लागुऔषध स्पास्पेन-२४८ ट्यावलेट र ट्रामाडोल-३३० ट्याव्लेटसहित नियन्त्रणमा लिएको हो भने यसै गरी ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले धरान-५ का २६ बर्षीय अमन राई र धरान ३ का ३४ बर्षीय मनकुमार श्रेष्ठलाई ट्रामाडोल-६०३९ ट्रयाव्लेट, स्पास्पेन-४१४० ट्याव्लेट, डाईजेपाम-१५६ एम्पुल र नगद ६५ हजार ९ सय ४४ रुपैँयासहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका ६ जनालाईआवश्‍यक कारवाहीको लागि औषधी ब्यवस्था बिभाग बिराटनगर पठाईएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर