AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

राष्ट्रिय परिचयपत्र अभियान अन्र्गत मोरङमा अहिलेसम्म २ लाख ५० हजार विवरण संकलन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ आश्विन २०७९, सोमबार १९:४१
288
Shares
कुमोद अधिकारी
विराटनगर । मोरङ जिल्लाका १० वटा पालिकामा राष्ट्रिय परिचयपत्रका लागी विवरण संकलन गर्ने काम सम्पन्न भएको छ । १७ वटा पालिका मध्ये १० वटा पालिकामा विवरण संकलनको काम सम्पन्न्न भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले वताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वनाउनका लागी मोरङ जिल्लामा अहिलेसम्म २ लाख ५० हजार वढि विवरण संकलन भइसकेको छ । नेपाल सरकारको राष्ट्रिय अभियान अन्र्तगत गत असोज–४ गतेवाट मोरङमा यो अभियान शूर भएको हो ।

रंगेली, सुनवर्शी, तथा रतुवामाई, उर्लावारी नगरपालिका तथा धनपालथान, कटहरी, जहदा, मिक्लाजुङ, केरावारी साथै ग्रामथान गाउँपालिकामा गरि १० वटा पालिकामा विवरण संकलनको कार्य सम्पन्न भइ सकेको छ । त्यस्तै लेटाङ नगरपालिकामा अभियान संचालनको तयारीमा छ ।

प्रमुख जिल्ला अधिकारी दाहालले आगामी दिनमा नेपाल सरकारवाट प्रभा हुने सवै प्रकारका सेवा राष्ट्रिय परिचयपत्रमा समेटिने भएकाले नेपाली नागरिक्ता भएका सवैलाई परिचयपत्र वनाउने अभियानमा सहभागी हुन आग्रह गरे । जनशक्ति केहि कम भएपनि अमियान लाई सफल वनाउन राष्ट्रसेवक कर्मचारीहरुले दिन रात खटिरहेकाले आगामी तिनचार महिनामा मोरङका सवै पालिकामा विवरण संकलनगर्ने कार्य सम्पन्न हुने उहाको भनाई छ ।
अभियान अन्तर्गत जिल्ला प्रसाशन कार्यालय मोरङले घरदैलोमा गएर सेवा प्रभा गर्दै आएको त्यसवाहेक जिल्ला प्रसासन कार्यालय मोरङमा चारवटा स्टेशन मार्फत साथै रंगेली, तथा उर्लावारी इलाका प्रसासन कार्यालय मार्फतपनि विवरण संकलन गर्ने काम भइरहेकोले विदेश जान वा चाडै परिचयपत्र आवश्यक पर्ने व्येक्तिका लागी समेते जिल्ला प्रसासनवाट सेवा लिनेगरि व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी एंव अभियानका फोकल परसन सरदकुमार पोखरेलले वताए ।

परिचयपत्र पत्र वनाउन नागरिक्ता भएका हरुको जैविक , व्येक्तिगत सहित आखाको रेटिना तथा औठाको छाप सहित विवरण संकलन गरिने भएकाले फर्ममा आ–आफनो विवरणभर्दा सुद्ध र सफा संग भर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाई छ । उनका अनुसार नेपालभरी अहिलेसम्म ८६ लाख वढि विवरण संकलन भइसकेको छ ।

लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावतीले घरदैलोमा आएको यो अभियानलाई सफल वनाउने दायित्व सवेको रहेकाले यस वारेमा स्थानिय स्तरमा जानकारी गराउन समेत वर्डा अध्यक्ष तथा वर्डा सदस्यहरुलाई आग्रह गरे ।

पालिकाका उपप्रमुख कृष्णकुमारी निरौलाले नगरपालिकामा भएका विकास निमार्ण, शान्ती सुरक्षाको तथा सेवा प्रभाको अवस्थाका वारेमा जानकारी गराइन् ।

परिचयपत्र वनाउनका लागी जिल्लाभित्र रहेका नेपाली नागरिकले नागरिक्ताको आधारमा तथा अन्य जिल्लामा रहेका नागरिकले मोरङ जिल्लाामा वनाउँदा वसाई सराईको कागजपत्र अनिवार्य पेश गर्नुपर्ने हुन्छ ।

पालिकामा राष्ट्रिय परिचयपत्र वनाउन टोली घरदैलोमा पुगेपछि सर्वसाधारण समेत उत्साहित भएका छन् । जसका कारण पालिकामा संचालन हुदै आएको यो अभियानमा सर्वसाधारणहरुको उल्लेखनिय सहभागिता हुदै आएको छ ।

लेटाङ नगरपालिकामा अभियानको सुभारम्भ भइसकेकाले केहि दिन भित्रै परिचयपत्र वनाउने टोलीले काम शुरुगर्ने प्रमुख जिल्ला अधिकारीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर