२४ किलोमिटर पैदल हिडे पछि छैठौं पैदल निशान ध्वजा यात्रा सम्पन्न

खबर पूर्वाञ्चल, १८ आश्विन २०७९, मंगलवार १७:३९
1.38k
Shares
कुमोद अधिकारी
रंगेली / विजया दशमीको महानवीपर्वको दिन आयोजना हुने पैदल निशान ध्वजा यात्रा आज अपरान्ह सम्पन्न भएको छ ।

विहान ६ वजे विराटनगर स्थित कालीमन्दिरवाट निशानयात्रा प्रारम्भ भएको थियो ।

विराटनगरको कालीन्दिरुवाट शुरु भएको निशानयात्री २४ किलोमिटर पैदल हिडेर भजन कृतन गर्दै रंगेली स्थित ऐतिहासिक कालीमन्दिर पुगेपछि यात्रा सम्पन्न भएको हो । मन्दिर पुगेर निशान यात्रीहरुले आफुले वोकेका ध्वजा कालीमातालाई चढाएका थिए ।

भक्तजनहरु पैदल हिडेर शरिरलाई कष्ट दिदै ध्वजा चढाउँदा मनोकामना पुरा हुने विश्वास रहिआएकाले निशान यात्रा प्रती भक्तजनको ठुलो विश्वास रहदै आएको छ ।

रंगेली कालीमन्दिरको आयोजनामा विगत पाँचवर्षदेखि निशान यात्रा हुदै आएको छ । शुरमा रंगेलीका युवाहरुको पहलमा शुरु भएको सो यात्राले अहिले भव्य रुप लिएको छ । भक्तजनहरु उपवास वसेर निशान यात्रामा सहभागी हुदै आएका छन । मनकामना पुरा हुने भएकाले कतिपय घरका सवै परिवार यात्रामा सहभागी हुने गरेका छन । यात्रा रंगेली स्थित सनसारी मन्दिर पुगेपछि ठुलो शख्यामा भक्तजन सहभागी भई रंगेली नगरपालिकाको अगुवाईमा बाजा गाजा झाँकीसहित निशान यात्रीको टोली अपरान्ह काली मन्दिर पुगेको हो ।

यात्रामा मोरङ, सुनसरी, झापा जिल्लाका सहित भारतीय सिमावर्तीक्षेत्रका ठुलो संख्यामा भक्तजन सहभागी थियो । आज विहाननै देखि सिमसिम पानी परेकाले चिसो मौसम भएकाले पनि यात्रा गर्न सहज भएको निशान यात्रीहरु वताउँछन ।

निशान यात्रामा सहभागी हुने भक्तजनहरुलाई छाला जुत्ता , चप्पल, वेल्टलगायत छालाका कुनैपनि सामानको प्रयोग गर्न निषेध गरिएको थियो । यात्रीहरुको सहयोगका लागी विराटनगरदेखि रंगेलीसम्म आठ ठाउँमा विभिन्न संघसंस्थाहरुले शिविर आयोजना गरेका थिए ।

मोरङ जिल्लाका पुरानो सदरमुकाम रंगेली मन्दिरै मन्दिरको शहर भएकाले विजया दशमीका अवसरमा महानवमी पर्वको दिन आयोजना हुने काली मन्दिको निशान यात्रा तथा सनसारी मन्दिरमा हुने प्रदेश स्तरिय फुलपातीको वडाईले यसक्षेत्रको धार्मिक महत्वलाई झनै वढाएको रंगेली नगरपालिकाका मेयर दिलीप वगडियाले वताए ।

निशान यात्राले विराटनगरको काली माताको मन्दिर, रंगेलीको प्राचिन काली माताको मन्दिर तथा सनसारी माताको मन्दिरलाई जोड्ने काम गरेकाले निशान यात्राको ठुलो धार्मिक महत्व रहेको मेयर अग्रवालको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५