RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका आङ्बो र कांग्रेसका केदार कार्कीको दावी पेस

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ आश्विन २०८०, बिहीबार १८:३०
441
Shares
विराटनगर / कोशी प्रदेशको मुख्यमन्त्रीमा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र कांग्रेसका विद्रोही पक्षधर केदार कार्कीले दाबी पेस गरेका छनु ।

कोशी प्रदेशसभामा रहेका सत्तारुढ गठबन्धन दलका ४७ प्रदेशसभा सदस्यहरुको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हन भने कार्कीले एमालेको ३९ र कांग्रेसका ८ जना प्रदेशसभा सदस्यको हस्ताक्षर लिएर दाबी पेस गरेका हुनु ।

आङबोले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवी पार्टीको संसदीय दलको नेताको हस्ताक्षरबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका हुनु ।
केन्द्रीय गठबन्धनले कोशीमा माओवादीलाई मुख्यमन्त्री दिने निर्णय गरेपछि असन्तुष्ट बनेका डा. शेकर कोइराला निकट कार्कीले एमालेको सहयोगमा दाबी पेस गरेका हुनु ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउन नसकेपछि शनिबार पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबारसम्म नयाँ सरकार गठनका लागि समय दिएका थिए । तर, त्यसको एकदिन अघि नै दुई जनाले दाबी पेस गरेका हुनु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर