खबर पूर्वाञ्चल
प्रदेश नम्बर १ को राजधानी विराटनगरमा विभिन्न संघसंस्थामा आवद्ध रहेका युवाहरुले आज जिल्ला प्रशासन कार्यालय मोरङको प्रवेशद्वारमा नेपाल सरकारले १० अर्व खर्चको विषयलाई लिएर धर्ना दिएका हुन् ।
विराटनगरका अधिकांश युवाहरुले प्रशासन प्रवेशद्वार अगाडी कोरोना कोषको १० अर्व खोइ ? आरडिटि परिक्षण खारेज गरी पिसिआर लागू गर, जनता भोकले मर्ने राष्ट्रपति गलैंचा फेर्न पाइन्न, सुविधा युक्त क्वारेन्टाइन निर्माण गर, भ्रष्टाचार बन्द गर र जनताले तिरेको करले २ करोडको गाडी मन्त्रीले किन्न पाइन्नलगायतका नारा लगाउदै नाराबाजी समेत गरेका थिए ।
युवाहरुको नेतृत्व गरिरहेका संरक्षक देवकोटाले अहिलेका युवाहरुलाई सरकारले झुक्याउन खोज्नु सरकारको अहमता रहेको बताए । उनले सरकारले जनतालाई अब धेरै सास्ती दिन नहुने भन्दै दोस्रो चरणको राहत वितणलाई निरन्तरता दिन सरकारसंग आग्रह गरे । जिल्ला प्रशासन कार्यालय गेटअगाडी एक घण्टा सम्म युवाहरुले नाटकीय रुपमा सुतेको सरकारको अभिनय समेत गरेका थिए । युवाहरुको विरोध शान्त गर्न धर्नास्थल पुगेका मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले युवाहरुले राखेको मागलाई तत्कालै सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाए ।
तपाईको प्रतिक्रिया