RUMPUM
animated ellipse animated ellipse

विज्ञान भिडियो प्रतियोगिताको विजेतालाई विराटनगरमा पुरस्कृत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ फाल्गुन २०७९, मंगलवार १४:५४
405
Shares
विराटनगर / विज्ञाज शिक्षक समाज नेपोल प्रदेश १ को आयोजनामा भएको विज्ञान भिडियो प्रतियोगिताको विजेतालाई विराटनगरमा पुरस्कृत गरिएको छ ।

आज विराटनगर–१० मा रहेको शिक्षादिप कलेजको सभा हलमा समाजले एक कार्यक्रमको आयोजना गरि प्रतियोगिताको विजेतालाई पुरस्कृत गरेको हो । उनीहरुलाई हिसान प्रदेश १ का अध्यक्ष तथा शिक्षादिप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले पुरस्कृत गरे ।

समाजले गत असोज १ गते १० औं राष्ट्रिय विज्ञान दिवशको अवसरमा अनलाईनमार्फत सञ्चालन गरेको विज्ञान भिडियो प्रतियोगितामा इटहरी वाल विकाश सेकेन्डरी स्कुलकी स्वेता राई प्रथम, पोखरीया मावी विराटनगरका क्रितिन खडका र सेन्ट जोसेफ विराटनगरका मेजेश पिठाकोटे दोस्रो , आलश मावि विराटनगरकी पियंका झा तेस्रो तथा गढीगाउँ मा वि झापाका उज्जवल घिमिरे सान्त्वना भएको समाजका सचिव लिलाकान्त बन्जारले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रदेश १ का ३० भन्दा बढी माविबाट ५० जनाभन्दा बढी विद्यार्थीहरु सहभागि रहेका थिए ।

प्रतियोगिताको निर्णायकमा कोशी मिडिया प्रालीका अध्यक्ष अर्जुन कुलुङ राई र समाजाका प्रदेश १ का अध्यक्ष अभय लिम्बुले गरेका थिए । पुरस्कार स्पोन्सर शिक्षादिप कलेजले गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर