AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एमाले केन्द्रीय सदस्यमा निर्वाचित पर्शुराम बस्नेतको विराटनगरमा भव्य स्वागत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ पुष २०८२, आईतवार १८:२१
1.67k
Shares
विराटनगर/ नेकपा एमालेको ११ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित पर्शुराम बस्नेतको विराटनगरमा भव्य स्वागत भएको छ।

नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष समेत रहेका बस्नेतलाई विराटनगरस्थित क्षेत्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो।

बस्नेतलाई विमानस्थलमा स्वागत गर्दै महासंघ एवम् एमालेका नेता९कार्यकर्ताहरूले विमानस्थलबाट विराटनगरस्थित एमाले पार्टी कार्यालय सम्म मोटर९साइकल र्याली समेत गरेका थिए।

एमाले पार्टी कार्यालय खेलकुद महासंघ कोशी प्रदेश कमिटीको आयोजनामा बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम समेत गरिएको महासंघ कोशी प्रदेश कमिटीका अध्यक्ष रोहित कोइरालाले जानकारी दिए। कोइरालाले विराटनगरमा रहेर खेलकुद महासंघको केन्द्रीय अध्यक्षदेखि पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका बस्नेतको महासंघको निर्माण तथा पार्टी गतिविधिमा गरेको योगदानको कदर गर्दै सम्मान पत्र समेत हस्तान्तरण गरे।

बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा बोल्दै बस्नेतले एमाले महाधिवेशनले राष्ट्रिय राजनीतिमा अझै पार्टी अध्यक्ष केपी शर्मा ओलीको आवश्यकता र औचित्य छ भन्ने म्यान्डेट दिएकोले उक्त म्यान्डेट अनुसार आफ्नो जिम्मेवारी र भूमिका अनुसारको कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। बस्नेतले महाधिवेशन सम्पन्न भएकोले एमाले अब आम निर्वाचन केन्द्रित रहने र राष्ट्र निर्माणका लागि महत्वपूर्ण शक्तिको रुपमा अघि आउने बताए।

युवाहरूमा लोकप्रिय नेताको छबी रहेको बस्नेतले आफूले पार्टी भित्र सदैव युवा तथा खेलकुदकर्मीहरूको अगुवाको भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर