खबर पूर्वाञ्चल
बिभिन्न दलले निर्वाचन अधिकृतको कार्यालयमा गरेको सहमति अनुसार २३ गते राति १२ बजेपछि औपचारिक रुपमा चुनाव प्रचारको काम रोकिएकाले आन्तरिक तयारीलाई तीब्र पारेको हो ।
घरदैलोको क्रममा पुग्न नसकेका ठाउँमा सुधार गर्ने र एमालेप्रतिको मतदाताको चासो बढाउने कार्यमा एमाले लागेको हो । निर्धारित चुनावी प्रक्रियालाई मध्यनजर गर्दै एमालेले आपूmहरुले लगाएको झण्डा आफैं हटाउने निर्णय पनि गरेको छ ।
अन्य दलले हटाए नहटाएपनि आपूmहरु निर्णय अनुसार झण्डा हटाउन सहमत भएको धनपालथानका अध्यक्ष महेश्वर यादवले बताए । उनका अनुसार, सार्वजनिक ठाउँमा लगाइएको झण्डा प्रहरीले हटाउनु अघि नै एमालेका वडाका प्रतिनिधिहरुले हटाउने छन् । घर र दैलोमा लागेका बाहेक सडकमा लागेका झण्डा निकालेर सुरक्षित राखिने उनले जानकारी दिए । धनपालथानका ७ वटै वडामा वडाका उम्मेदवारहरुले घरदैलो सकेका छन् ।
अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले भने सबै घर पुग्ने समय पाएनन् । दश दिनको अवधिमा सातवटै वडा घुम्ने समय अभाव भएको उनीहरुले बताए । २०५४ सालमा तत्कालीन अमाहिबरियाती गाविसमा एमालेबाट अध्यक्ष जितेका मुसहरु मण्डल हाल धनपालथानका अध्यक्षका उम्मेदवार छन् । अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य प्रदेशका पूर्व राज्यमन्त्री ज्ञानेश्वर राजवंशीकी श्रीमती उपासीदेवी राजवंशी एमालेबाट उपाध्यक्षको उमेदवार भएकिछन् ।
यतिबेला आफ्ना उम्मेदवारलाई जिताउन प्रदेश र जिल्लाका नेताहरु धनपालथानमा केन्द्रित छन् । जीवन विकास समाजका संस्थापक तथा एमालेका प्रदेश सदस्य योगेन्द्र मण्डलले धनपालथानको निर्वाचनमा एमालेलाई जिताउन निकै मेहनत गरेकाछन् ।
धनपालथानमा बलिया उम्मेदवार भएकाले एमालेले जित्ने धनपालथान ४ कर्सिया बजारका संजय राजवंशीले बताए । ‘ओली सरकारले तीन वर्षमा गरेका विकास यहाँका जनताले बुझेका छन्, देशभरीको माहौल अनुसार विभिन्न दल त्यागेर यहाँपनि एमालेमा प्रवेश गरेका छन्’ स्थानीय खेमराज लोहनीले बताए ।
तत्कालीन नोचा गाविसमा २०५४ मा वडा अध्यक्ष र २०७४ मा धनपालथान १ मा वडा सदस्य जितेका कृष्णदेव साह हालका वडाध्यक्ष उमेदवार हुन् । सीमावर्ति क्षेत्रका बासिन्दामा गएका वर्षको तुलनामा यस वर्ष एमाले प्रतिको विश्वास बढेकाले निर्वाचन जित्ने अवस्था रहेको उनले बताए । ‘अघिल्लो कार्यकालमा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरुले बिगारेको काम हामीले सपार्नु पर्नेछ’ साहले भने । धनपालथान २ मा यसअघि निर्वाचित जनप्रतिनिधिले भंसार छलीको कारोबारलाई बढावा दिएकाले पनि त्यस क्षेत्रमा तस्करी रोक्न एमालेप्रति मानिसको चासो बढेको बताइएको छ ।
तपाईको प्रतिक्रिया