AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

उसैमा समर्पित हुन मन लाग्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ कार्तिक २०७९, शुक्रबार ११:५४
1.8k
Shares
तिलकुमारी शर्मा
तिलकुमारी शर्मा
उसकोयादमा छटपटाउँछु उसकै सम्झनामा चुर्लुम्म डुब्छु

जब उसको समिपमा जान्छु आफ्ना सारा पीडा भुलाएर आफुलाई नै बिर्सन्छु।

यो कस्तो छटपटी हो यो कस्तो तनाव अनि यो कस्तो नशा हो?
चिन्यो कि आफ्नै जस्तो लाग्ने अनि मायाले मुटु जोडिने
चाहे देशको पल्लो कुनाकै किन नहोस्
न दिनमा भोक न रातमा निन्द्रा न थकाइ गलाइको महशुस

आफु र आफ्नाकालागि त कहिल्यै सोचिएन
पराइकै लागि भए पनि मरिहत्ते गर्न मन लाग्ने
मान्दैन मन यति नगरेसम्म जहाँको जो होस् तर पनि आफ्नै लाग्ने

कसैले उसलाई नराम्रो बोल्यो कि रगत उम्लिएर आउने
उसलाई चलाउने सँधै स्वच्छ छविका भैदिउन् भनेर प्रार्थना गर्न मन लाग्ने

तिनले देशको शिर उचो राखिदिए हुन्थ्यो जस्तो लाग्ने
आफ्नो माटोको सम्मान सँधै गरिदिए हुन्थ्यो जस्तो लाग्ने
देश र जनताको प्रतिष्ठामा आँच आउने काम कहिल्यै नगरे हुन्थ्यो जस्तो लाग्ने
त्यसैले त सँधै उसकै सेवामा समर्पित हुन मन लाग्ने

यता त्यता जताततै उसकै विजय हेर्न मन लाग्ने
ऊ नै मेरो देशको गौरव हो जस्तो लाग्ने
सबैभन्दा भिन्न र प्रशंसाको लायक सँधै उ मात्र भैदिए हुन्थ्यो जस्तो लाग्ने
यो कस्तो छटपटी, यो कस्तो नशा हो ? मेरो प्यारो ‘एमाले’ भन्दा अन्त मनै नलाग्ने!
प्राण प्यारो ‘एमाले’ भन्न सँधै रुचाउने!! एमालेमै जीवन समर्पित गर्न मन लाग्ने।
धन्यवाद !!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर