AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको शिक्षादीप कलेजले गर्यो भोटेकोशी बाढी प्रभावितको उद्धारकालागि १२ लाख ५१ हजार रुपैयाँ सहयोग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ भाद्र २०८३, मंगलवार १६:४२
198
Shares
विराटनगर/ विराटनगरस्थित शिक्षादीप कलेजले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।

कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, अध्यक्ष भीम पराजुली, निर्देशकद्वय भूपेन्द्र दाहाल र शंकर भट्टराईसहित विद्यार्थीहरूले सहयोग रकमको भौचर मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालालाई हस्तान्तरण गरेका हुन्।

भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएकाले विपद्का बेला मानवीय ऐक्यबद्धता आवश्यक रहेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताए। उनले विपद्को समयमा शिक्षादीप कलेज सधैँ मानवीय सेवामा अग्रसर हुँदै आएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर