खबर पूर्वाञ्चल
विराटनगरस्थित जुट मिलको खेलमैदानमा आज भएको खेलमा गाइघाट फुटबल क्लब उदयपुरलाई सडन डेथमा ६–५ गोलले पराजित गर्दै साइनो सेमिफाइनलमा पुगेको हो ।
निर्धारित समयसम्म १÷१ गोलको बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट लिइएको थियो । टाइब्रेरकमा पनि दुवै टिमले ५–५ को बराबरी खेलेपछि खेलको निर्णय सडन डेथबाट भएको हो ।
सडन डेथमा साइनोका निशान लिम्बु, निसन लिम्बु, कैलाश बस्नेत, दिवाकर चौधरी, मिन धिमाल, भुवन बस्नेत र दिनेश राईले गोल गरेका थिए । किसन सुब्बा र असिम राईको प्रहार उदयपुरका गोलकिपर करन राईले बचाएका थिए भने खमीर गिल्सनको प्रहार बारमा लागेर बाहिरयो ।
उदयपुरका सुशन तामाङ, दिलकुमार तामाङ, देवराज चौधरी, रवि शंकर चौधरी र रूपक फुयलले मात्र गोल गरे । साइनोका गोल किपर एन्जल श्रेष्ठले उदयपुुरका चार जना खेलाडी पेनाल्टी प्रहार रोकेका थिए । दिपेश भूजेल, दिपक मगर, किरण राई र युवराज थापा मगरेको प्रहार साइनो गोलकिपर एन्जलले उत्कृष्ट बचाए । खेलको म्यान अफ द म्याच साइनोका गोल किपर एन्जल घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरे ।
सोमबारको खेल साबिक विजेता एपीएफ पकली र गोलबजार प्रतिभा फुटबल क्बल सिराहा बिच हुनेछ ।
तपाईको प्रतिक्रिया