RUMPUM
animated ellipse animated ellipse

पिजफायर सञ्चालकको मृत्यु : लेखा हेर्ने युवती पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ कार्तिक २०८३, आईतवार २०:५७
3
Shares
विराटनगर /विराटनगरस्थित ‘पिजफायर’ रेस्टुरेन्टका सञ्चालक ५१ वर्षीय मनोज खत्रीको मृत्यु प्रकरणमा प्रहरीले रेस्टुरेन्टको हिसाबकिताब हेर्दै आएकी एक युवती प्रहरी अनुसन्धानको दायरामा परेकी छिन् ।

खत्रीको रेस्टुरेन्टमा करिब ४–५ वर्षदेखि काम गर्दै आएकी झापाकी २७ वर्षीया इन्दु भनिने खिलिना दाहालको व्यक्तिगत सम्बन्ध र रेस्टुरेन्टको आर्थिक हिसाबकिताबलाई केन्द्रमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको हो । खत्रीका परिवारले किटानी जाहेरी दिएपछि मोरङ प्रहरीले पक्राउ गरि अदालतबाट आज पाँच दिनको म्याद म्याद थप गरी अनुसन्धान थालेको हो ।

उनले रेस्टुरेन्टको आर्थिक कारोबार र लेखा व्यवस्थापन हेर्दै आएकी थिइन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालका अनुसार परिवारको जाहेरीका आधारमा दाहाललाई पक्राउ गति अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान सुरु गरिएको छ ।

प्रहरीका अनुसार खत्री र दाहालबीच व्यक्तिगत सम्बन्धका साथै आर्थिक कारोबारका विषयमा समेत खटपट देखिएको प्रारम्भिक तथ्यहरूले देखाएका छन् । व्यक्तिगत सम्बन्धमा आएको उतारचढाव र रेस्टुरेन्टको आर्थिक हिसाबकिताबमा कुनै अनियमितता भए/नभएको विषयलाई केन्द्रमा राखेर अनुसन्धान भइरहेको एसपी कटुवालले बताए ।

दाहालले भने रेस्टुरेन्टको सम्पूर्ण हिसाबकिताब आफूले हेर्दै आएको स्वीकार गरे पनि आर्थिक अनियमितता नगरेको र खत्रीलाई कुनै पनि ‘ब्ल्याकमेलिङ’ वा तनाव नदिएको दाबी प्रहरीसमक्ष गरेकी छिन् । पछिल्लो समय आफूहरूबीच सामान्य मनमुटाव भएको र करिब १० दिनयता खत्रीले अत्यधिक मदिरा सेवन गर्ने गरेको उनले बयानमा उल्लेख गरेकी छिन् । यद्यपि, घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले उनीहरूको मोबाइललगायतका डिजिटल डिभाइसहरूको प्राविधिक परीक्षण गरिरहेको छ ।

विराटनगर महानगरपालिका–३ निवासी खत्री गत शुक्रबार दिउँसो १ बजे स्कुटर लिएर घरबाट निस्किएका थिए । त्यसपछि परिवारको सम्पर्क बाहिर रहेका उनी शनिबार अपराह्न मोरङको केराबारी गाउँपालिका–९ स्थित धारापानीको जंगलमा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । उनी चढेर गएको स्कुटर भने अझै फेला परेको छैन ।

खत्रीका श्रीमती, एक छोरा र एक छोरी छन् । घटनाका बेला भारतमा रहेकी श्रीमती फर्किएपछि परिवारको उपस्थितिमा शव परीक्षण प्रक्रिया अघि बढाइएको थियो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवको पोस्टमार्टम गरिएको छ । पोस्टमार्टम रिपोर्ट, प्राविधिक विश्लेषण र अनुसन्धानबाट खुल्ने तथ्यका आधारमा मृत्युको यकिन कारण पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर