animated ellipse animated ellipse

पिटर प्यान्स पेनोेले मनायो वार्षिकउत्सव

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ पुष २०७९, मंगलवार १८:३७
126
Shares
विराटनगर / विराटनगरमा रहेको पिटर प्यान्स पेनोले २५ औं बाषिर्कउत्सव विभिन्न कार्यक्रम गरेर मनाएको छ ।

विराटनगरस्थित आरोहण गुरुकुल हाटखोलामा विभिन्न कार्यक्रम आयोजना गरी आज वार्षिकउत्सव मनाएको हो ।

कार्यक्रममको उद्घाटन विराट मेडिकल कलेजका बाल रोग विशेषज्ञ डा. हेमसागर रिमालले गरे । कार्यक्रमको उद्घाटन गर्दै उनले बालबालिकाहरुलाई पिटर प्यान्स पेनोले विभिन्न खेलको माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गरेको बताए । अहिलेको आवश्यता अनुसारको शिक्षा राज्यले बालबालिकाहरुमा लगानी गर्नु पर्नेमा उनले जोड दिए ।

कार्यक्रममा स–साना बालबालिकाहरुले गणेश बन्दना, नृत्य प्रस्तुत गरेरका थिए । उनीहरुसंग अभिभावकहरू समेत नृत्यमा सहभागिता जनाएका थिए । बालबालिकाहरुलाई यहाँसंम्म ल्याउनका लागि शिक्षक र अभिभावकहरुको सहयोग रहेको पिटर प्यान्स पेनोकी प्रवन्धक मधु लोहियाले बताइन् ।

गुणस्तरीय शिक्षा दिन र नयाँ संसारको आवश्यकता अनुसार स्कुल बनाउन उनले प्रतिबद्धा जनाइन् । २५ वर्षदेखि निरन्तर विद्यार्थीरुको भावनानुसार स्कुलले सफलता मुलक काम गर्दै आईरहेको उनको भनाई छ ।

विद्यालयले आफ्नो काम र राम्रो कामका कारण नाम र ख्याति पाएको प्रबन्धक लोहियाले बताइन् । कार्यक्रममा बालबालिकाहरुले प्रकृतिलाई बचाएर संसारलाई हरियाली बनाउने सन्देश दिने खालका नृत्य प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर