विराटनगरमा मेयरमा कांग्रेसका नागेश र उपमेयरमा एमालेकी शिल्पा फराकिलो मतान्तरको अन्तरमा विजय नजिक, गन्न बाकी १४३३७ मत 

खबर पूर्वाञ्चल, ६ जेष्ठ २०७९, शुक्रबार ०८:५३
1.22k
Shares

विराटनगर / विराटनगर महानगरपालिकाको मेयरका उम्मेदवार नागेश कोइराला र र उपमेयरमा शिल्पा कार्कीले फराकिलो मतान्तरको अन्तरमा विजय नजिक पुगेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज विहानसम्म करिव ७५३४१ हजार मतगणना हुँदा कोइरालालले एमालेका सागर थापालाई ६१४८ मतान्तरले पछि पारेका छन् । कोइराल २४५६३ मत ल्याउँदा थापाले १८४१५ मत ल्याए । स्वतन्त्र उम्मेदवार उमेश यादवले ७४९७ मत र राप्रपाका प्रह्लाद साहले ४६०२ मत प्राप्त गरे ।

उपमेयरमा एमालेकी शिल्पा ९२७९ मतान्तरले उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई पछि पारेकी छिन् । शिल्पाले २१३८३ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका अमरेन्द्रले १२१०४ मत प्राप्त गरे । राप्रपाकी बिन्दाकुमारी लुइँटेलले ५५८६ मत र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ४४५८ मत पाएकी छिन् ।

विराटनगर महानगरपालिकामा १ लाख ३३ हजार मतदाता रहेकोमा ८९६७८ मत खसेको थियो । अव गन्न बाकी १४३३७ मत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KP
GREDED
PABSON BRT
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५