animated ellipse animated ellipse

हत्या आरोपमा एमाले नेता बास्कोटा पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ फाल्गुन २०७७, बुधबार १९:४५
2.18k
Shares
विराटनगर/ हत्या आरोपमा नेकपा एमालेका नेता युवराज बास्कोटा पक्राउ परेका छन् ।

मोरङको पथरीशनिश्चरे नगरपालिका– १० जिरीखिम्तिका १९ बर्षीय सन्दिप भण्डारीको शंकास्पद मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा बास्कोटालाई आज पक्राउ गरेको हो ।

गत पुस १४ गते भण्डारीको पथरीशनिश्चरे नगरपालिका २ मंगलबारेस्थित युवराज बास्कोटाको घरमा मृतक अवस्थामा शव भेटिएको थियो । मृतक परिवारले २६ पुसमा ‘कर्तब्य ज्यान’ मुद्दामा नेता बास्कोटा विरूद्ध इलका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी परेको थियो । सोही जाहेरीको आधारमा अनुसन्धानको लागि बास्कोटालाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । ‘किटानी जाहेरी परेपछि अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो,’ उनले भने, ‘अहिले अनुसन्धान भइरहेको छ ।’ किटानी जाहेरी परेपछि प्रहरीले मोरङ अदालतदेखि मंगलबार पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

अदालतबाट पक्राउ पूर्जी जारीभएपछि उनलाई पथरीदेखि पक्राउ गरिएको हो । पक्राउ परेका नेता बास्कोटालाई मोरङ अदालतमा म्याद थप गर्न प्रहरीले लैजाने तयारी गरेको सुरक्षा स्रोतले ब्लाष्टलाई जानकारी दिए ।

नेपाल कम्यूनिष्ट पार्टी नेकपा विभाजन भएपछि नेता बास्कोटालाई ओली समूहको केन्द्रीय सदस्य बनाएको थियो । बास्कोटाको घरमा मृत अवस्थमा फेला परेका भण्डारीको शरिरमा निलडाम र कानमा पनि चोट देखिएको मृतकका आमा राधिका भण्डारीको भनाई छ । उनले घटनामा आरोपीलाई पक्राउ गरि निष्पक्ष छानविन र दोषीलाई कडा कारवाही गर्न माग राख्दै आएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर