animated ellipse animated ellipse

पत्रकार देवान सम्मानित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ असार २०८१, आईतवार १०:०६
9
Shares
विराटनगर / सुनसरी ईटहरीमा रहेको कोशी भिजन फिल्मस प्रालीले विगत लामो समयदेखि कला र मनोरञ्जन क्षेत्रमा कलम चलाउदै आएका पत्रकार एवंम चलचित्र पत्रकार संघ नेपाल मोरङका अध्यक्ष रहेका प्रेम देवान (लुङवा ) लाई सम्मान गरेको छ ।

कोशी फिल्मस प्रालीद्धारा निर्माण गरिएको तामाङ संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘चारदाम’ को प्रिमियर शोको अवसरमा कला र मनोरन्जन क्षेत्रमा लामो समयदेखि कलम चलाउदै आएका पत्रकार देवानलाई सम्मान गरेको हो ।

नेपाल तामाङ घेदुङ महानगर समिति विराटनगरको समन्वयमा विराटनगको सिटी सिनेमा हलमा चलचित्र ‘चारदाम’को प्रिमियर शो गरिएको थियो ।

प्रिमियर शोमा अन्य विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई समेत सम्मान र कदर पत्र सहित सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा कृष्ण भुषणवल प्रतिष्ठानका संरक्षक शोभा लामा वल, नेपाल तामाङ घेदुङ कोशी प्रदेश सदस्य गोविन्द तामाङ, नेपाल तामाङ घेदुङ महानगर अध्यक्ष विष्णुकुमारी तामाङ, सस्थापक अध्यक्ष कृष्ण मोक्तान , सल्लाहकार दाव बा. घिसिङ महानगर सचिव विजय तामाङ, कोषाध्यक्ष रामकुमार योञ्जनलाई पनि कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

तामाङ समुदायको लोप हुन लागेको भाषा, भेष भुषा, कला संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने उदेस्यले तामाङ संस्कृृतिमा आधारित नेपाली चलचित्र ‘चारदाम’ विराटनगरमा प्रिमियर शो गरेको छ । सिटी सिनेमाको दुईवटै हल बुक गरेर विराटनगरमा रहेका विभिन्न जातिय संस्थाका अगुवा तथा पदाधिकारीलाई बोलार प्रिमियर शो गरेको थियो । फिल्म हेरी सकेका अधिकासले फिल्म राम्रो लागेको प्रतिक्रिया दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर