खबर पूर्वाञ्चल
ताप्लेजुङ पाथिभरा याङवर गाउँपालिका १ की ३७ वर्षीय महिलाको आज विहान १० बजेर ४५ मिनेटमा विराटनगरको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
मृतक महिलामा कलेजो सम्बन्धि गम्भिर समस्या थियो । विराट मेडिकल कलेज शिक्षण अस्पतालका आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार मृतक महिला भदौ २० गते विराट मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।
महिलालाई आफन्तले सु?मा नोबेल मेडिकल कलेजमा भर्ना गराएका थिए । नोबेलमा उपचारका क्रममा पोजेटिभ देखिएपछि विराटमा लगियएको थियो । विराटमा आइसीयूमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।