विराटनगर / अग्रपङतीमा रही सर्वसाधारण नागरिकहरुलाई कोरोना सङक्रमणको जोखिम न्यूनिकरण सचेतना अभियानमा सक्रिय भूमिका खेल्ने सञ्चारकर्मीहरुलाई माइती नेपाल मोरङले स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
आज माइती नेपालले नेपाल पत्रकार महासङ्घ मोरङका पत्रकारहरुलाई कोरोना जोखिमबाट सुरक्षा प्रदानका लागि माक्स, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
माइती नेपाल मोरङका संयोजक विनोद पोखरेलले महासङ्घ मोरङका अध्यक्ष सन्जिव खनाललाई सञ्चारकर्मीहरुलाई वितरणका लागि उक्त्त सामग्री प्रदान गरेका हुन् । संयोजक पोखरेलले समाजमा अग्रपङतीमा रही कोरोना नियन्त्रणमा , रोकथाम लगायतका कार्य गर्ने पत्रकारहरुको समेत जोखिम कम गर्न केही सहयोग गर्न पाउँदा खुशी लगेको र आगामी दिनमा थप सहयोग गर्ने प्रतिद्धता व्यक्त्त गरे ।महासङ्घका अध्यक्ष खनालले प्राप्त स्वास्थ्य सामाग्रीले सञ्चारकर्मीको केही जोखिम कम गर्न सहयोग पुगेको बताउँदै मोरङमा २१ जना पत्रकार सङक्रमित भएकोका मध्ये अहिले तीन जना होम आइशोलेसन र एक जना अस्पतालमा उपचार भैरहेको रहेको जानकारी समेत दिए ।
तपाईको प्रतिक्रिया